काठमाडौं ३१ साउन । संसारमा २ करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ७ लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका सङ्क्रमित
अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु
दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमित
१ लाख ७३ हजार २८३ जनाको मृत्यु
उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमित
दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु
युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित
दुई लाख २ हजार ५०१ को मृत्यु
एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण
१ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण
२५ हजार १४३ जनाको मृत्यु
ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण
४०५ जनाको मृत्यु






