वासिङ्गटन ३२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उहाँले देहत्याग गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।
आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन् । उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइमात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गरेका छन् ।
पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहेका राष्ट्रपतिका भाइ रोबर्ट ७२ वर्षका थिए ।






