नेकपाद्वारा आचार्य र विष्टको स्वागत

SHARE:

एटा संवाददाता
अल्डरसट । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीका युकेमा रहेका संगठित सदस्यहरुले नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टलाई एक कार्यक्रमबीच स्वागत गरेका छन् ।

नेपाल पत्रकार महासंघ युकेको चौंथो अधिवेशनका लागि बेलायत आएका अध्यक्ष आचार्य, महासचिव विष्टलाई गत आइतबार २७ मे २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा स्वागत गरिएको हो । सो अवसरमा पत्रकार महासंघ युकेका नवनिवार्चित अध्यक्ष नरेश खपाङ्गी मगर, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, महासचिव सञ्जयभक्त कँडेल, सचिव पूर्ण गुरुङ, सदस्य खेमराज रानाभाटलाई राजेन्द्र पुडासैनी, पूर्ण लक्सम, रामशरण सिम्खडा, मानबहादुर गुरुङ, दधिराज घिमिरे, सुशिला राई लगायतले खादा लगाई खादा लगाई बधाइ ज्ञापन गरेका थिए । एकअर्कामा परिचय समेत गरिएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले नेपालको राजनीतिमा पत्रकारहरुले खेल्दै आएको र अब खेल्नुपर्ने भूमिकाकाबारे बोलेका थिए ।

छोटो समयमा तय गरिएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल, नेपाल प्रेस युनियन युकेका संयोजक विपिन निरौला र पत्रकार वाचस्पति रेग्मीलगायतको विशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!