पोखरा ११ भदौ । पाइला फिल्मस् प्रा.लि. पोखराको पाँचौं प्रस्तुति गुरुङ चलचित्र ङ्हेल्स्यो सैनाको संगिनी गीतको भिडियो मंगलबार स्ट्रीम नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
ङ्हेल्स्यो सैना पर्वत जिल्लाको दक्षिणी भेक पैयुँखोला र चारभन्ज्याङ सेरोफेरोमा प्रचलित गुरुङ संस्कार, संस्कृति र परम्परामा आधारित गुरुङ र मगर समुदाय बीचको अन्तरजातीय कथालाई समेटेर बनाइएको गुरुङ चलचित्र हो । मनोज गुरुङको शब्द रचना र तेजेन्द्र गुरुङले संगीत भरेको यो गीतलाई मिलन नेवारको आवाज रहेको छ । यो चलचित्र पाइला फिल्मस प्रा.लि.को पूर्वतालिका अनुसार २०७७ बैशाख महिनाको पहिलो हप्तामा रिलिज गर्ने योजना रहेता पनि कोभिड-१९ कोरोना महामारीको कारण प्रदर्शनमा स्थगन हुनपुगेको कुरा चलचित्रका सह मुख्य निर्देशक अर्जुन गुरुङले बताएका छन् । केही महिना अगाडि सो चलचित्रमा समावेश गरिएको ठेटर गीतलाई पनि स्ट्रीम नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकोमा हालसम्म सो गीतलाई २ लाख ६५ हजार भन्दा बढीले अवलोकन गरेको कुरा यसै चलचित्रका कार्यकारी निर्माता मिलन गुरुङले बताए ।
यस चलचित्रलाई यूकेबाट ले. कर्णप्रसाद गुरुङ, पान कुमारी गुरुङ (प्रेणा) हङकङबाट देब कुमारी गुरुङ, पोखराबाट कुमारी गुरुङ र तोलप्रसाद गुरुङले संयुक्तरूपमा लगानी गरेका छ्न् भने यसको कथा लेखन तथा निर्देशन माओत्सेतुङ गुरुङ (पर्वत) ले गरेका छन् । यस चलचित्रमा मुख्य पात्रको रुपमा विश्वात्म गुरुङ (सिसिमानु), सुशान गुरुङ, स्नेहा गुरुङ र बन्दना घर्तीमगर रहेका छन् भने अन्य कलाकारहरुमा थमन गुरुङ, मिलन गुरुङ, इन्द्र माया गुरुङ, तोल गुरुङ, किरण गुरुङ, देबकुमारी गुरुङ, कुमारी गुरुङ, दिपु गुरुङ गल, महेन्द्र गुरुङ, माओत्सेतुङ गुरुङ आदि रहेका छन् । यस चलचित्रका सबै गीतहरूको कोरियोग्राफ कमल गुरुङ र पवित्र गुरुङले गरेका छन् ।
यसैगरी चलचित्रका छायांकारमा खिम गुरुङ र ड्रोन क्यामेरामा सुरेश घिसिङ (काठमाडौ) रहेका छन् भने सम्पादनमा छवि रानामगर रहेको छ । गत मंसिर ५ गते पैयुँखोला तमु समाज, पोखरामा शुभमुहूर्त गरिएको यो चलचित्रको ४०% पोखरा नगर आसपास र पर्वतको दक्षिणी भेकमा पर्ने पैयुँखोला सेरोफेरोमा पर्ने महाशिला गाउँपालिका आसपासमा ६०% छायांकन गरिएको कुरा यस चलचित्रका निर्माण नियन्त्रक एवं पाइला फिल्मस प्रा.लि.का प्रोडक्सन मेनेजर आश गुरुङले बताएका छन् ।
भिडियो






