अमेरिकामा समुद्री आँधी, २४ जनाको मृत्यु, ५ लाख मानिस विस्थापित

SHARE:

काठमाडौं १२ भदौ । अमेरिकामा समुद्री आँधीका कारण शुक्रबारसम्म २४ जनाको मृत्यु भएको छ । लौरा ब्यारेल नाम दिइएको आँधीका कारण ५ लाख मानिस विस्थापित भएका छन् ।

टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ सारिएको थियो । लुदियानाका अधिकांश घरहरु ध्वस्त भएका छन् । बिजुली आपूर्ति बन्द भएका कारण लाखौं जनता अँध्यारोमा बस्न बाध्य छन् । प्रतिघण्टा १ सय ५० किलोमिटरका दरले आएको आँधीले सयौं सवारीसाधन नष्ट भएका छन् । आँधीका कारण विभिन्न राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । भारी वर्षा जारी रहेकाले आँधीले थप क्षति पुर्‍याउन सक्ने मौसमविद्हरुले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!