
काठमाडौं १२ भदौ । स्वास्थ्यका कारण जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएका छन् ।
पत्रकार सम्मेलनमार्फत् आबेले शुक्रबार राजीनामा दिएका हुन् । उनले पदमा रहँदा आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएका छन् । आफूले लिइरहेको औषधी र स्वास्थ्यको पछिल्लो अवस्थाबारे वृस्तृत जानकारी दिएका थिए । ६५ वर्षीय प्रधानमन्त्री अबेले आठ दिनको अन्तरालमा दुईपटक अस्पताल गएपछि उनलाई स्वास्थ्यबारे जनतालाई स्पष्ट पार्न भनिएको थियो ।
जापानका लोकप्रीय प्रधानमन्त्री अबेलाई केही वर्षयता आन्द्रामा समस्या थियो ।






