‘नेपाल आइडल सिजन ३’ की विजेता बनिन् मोरङकी सज्जा

SHARE:

काठमाडौं १२ भदौ । नेपाल ‘आइडल सिजन ३’ की विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार घोषणा गरिएको ग्रान्ड फिनालीमा सज्जाले आइडल जितिन् भने प्रवीण भेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने ।

ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् । सज्जाले ५० लाख, बेडुवालले १० लाख र भुजेलले ५ लाख पुरस्कार पाएका छन् ।

वाइल्ड कार्डको प्रस्तुतिपछि लकडाउनका कारण आइडल रोकिएको थियो । यो श्रृङ्खलापछि शीर्ष पाँच घोषणा गर्ने तयारी थियो । लकडाउन घोषणा हुनासाथ प्रतिस्पर्धीहरुलाई आ–आफ्नो घर पठाइएको थियो । लकडाउन खुकुलिएपछि दर्शकबिना नै बाँकी कार्यक्रम आइडलले प्रशारण भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!