राजदूत् डा.सुवेदीद्वारा माल्टाका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस

SHARE:

लन्डन । संयुक्त अधिराज्य बेलायत लागि नेपाली राजदूत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत डा. दुर्गाबहादुर सुवेदीले माल्टाका राष्ट्रपति Marie- Louise Coleiro Preca समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

गत जेठ ३ गते (१७ मे २०१८) मा माल्टाको राजधानी भालेटास्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा राजदूत सुवेदीले ओहदाको प्रमाण पत्र पेस गरेका नेपाली राजदूतावास लन्डनले विज्ञप्तिमार्फत जनाएका छन् । माल्टाका राष्ट्रपति Preca ले ओहदाको प्रमाणपत्र ग्रहण गर्दै गणतन्त्र माल्टाका लागि नेपालको असाधारण तथा सर्वाधिकार सम्पन्न राजदूत नियुक्त भएको भन्दै डा. सुवेदीलाई बधाई कार्यकाल सफलताको कामना गरेका थिए । साथै दुई मुलुकबीचको सम्बन्ध थप सुदृढरसुमधुर हुने विश्वास व्यक्त पनि व्यक्त गरेकी थिइन् ।

राष्ट्रपति Preca ले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना सन्देश राष्ट्रपतिसमक्ष पुर्‍याइदिन राजदूत डा. सुवेदीलाई आग्रह गरेकी थिइन् ।

समारोहमा राजदूत सुवेदीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट माल्टाका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै माल्टाका मैत्रीपूर्ण जनताको निरन्तर प्रगति, शान्ति एवं समृद्धिका लागि पठाएको शुभकामना सन्देशसमेत प्रस्तुत गरेका थिए । त्यसैगरी प्रधानमन्त्री केपी ओलीबाट माल्टाका राष्ट्रपति, माल्टा सरकार र जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना व्यक्त गरेको सन्देश पनि राजदूत डा. सुवेदीले राखेका थिए ।

नेपालमा स्थानीय, प्रादेशिक र संघीय तीनै तहका निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ ज्ञापन गर्दै गणतन्त्र माल्टाका राष्ट्रपतिले यसले नेपालको लोकतान्त्रिक, समावेशी र सर्वस्वीकार्य संविधान कार्यान्वयनका साथै नेपालको सामाजिक र आर्थिक विकासका निम्ति मार्गप्रशस्त गरेको धारणा व्यक्त गरेकी थिइन् ।

राजदूत डा. सुवेदीले नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक विकासबारे संक्षिप्तमा प्रकाश पारेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै नेपाल सरकारका तर्फबाट माल्टा सरकार र जनतालाई नेपालको विकास प्रयासमा प्राप्त सदाशयता र सहायताका लागि आभार व्यक्त गर्दै राजदूत डा. सुवेदीले आफ्नो कार्यकालमा नेपाल र माल्टाबीचको विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप उचाइमा पुर्‍याउने अपेक्षा व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!