दोबा समाज युकेको वार्षिक भेटघाट

SHARE:

चिम्खोले काइँला
लन्डन । म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ दोबा गाउँबाट बेलायत आइ बसोबास गर्नेहरुको साझा संस्था दोबा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

बेलायतको फ्रिम्लीस्थित तोम्लिन्स्कोट स्कुलमा गत शनिबार मे २६ तारिखमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम जेष्ठ नागरिकहरु अमर गर्बुजा र भाबिसा पुर्जाले संयुक रुपमा दीप प्रज्ज्वलन गरी शुभारम्भ गरेका थिए ।

कार्यक्रममा पत्रकार, साहित्यकार तथा दुत पुन, पुन मगर संघका अध्यक्ष तेज राम्जाली, महासचिव तुल्चन्द्र तिलिजा, मगर संघ युके स्वीन्डन शाखाका अध्यक्ष भिम पुर्जा, मोना युकेका उपाध्यक्ष लिला पुन, धौलागिरि नौमती बाजाका संयोजक रन पाइजाको विशेष उपस्थिति थियो । त्यस अवसरमा नयाँ सदस्यहरुलाई स्वागत, राम्रा कार्य गरेकाहरुलाई बधाई दिइएको थियो । भेटघाट कार्यक्रममा श्री पुर्जा र चन्द्र गर्बुजाले विविध सांस्कृतिक प्रस्तुति दिए ।
समाजका अध्यक्ष ललित गर्बुजाले अध्यक्षता गरेको कार्यक्रम थम पुर्जाले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!