लक्ष्मी परियारका लागि अमेरिकाबाट सहयोग

SHARE:

पोखरा १९ भदौ । पोखराको वडा नं १५ नयाँगाउँस्थित निकै दयनीय अवस्थामा रहेकी लक्ष्मी परियारलाई सहयोग प्राप्त हुने क्रम जारी छ । थ्रि एन्जल्स सामुदायिक रेडियोबाट प्रशारित कोरोना विपदमा थ्रि एन्जल्स रेडियोको पहल नामक कार्यक्रममा टेलिफोनमार्फत आफ्ना समस्या सुनाएकी लक्ष्मीलाई अमेरिका निवासी सरिता गुरुङले सहयोग गरेकी छन् ।

सानैदेखि समाजसेवामा रुचि राख्ने गुरुङले सामाजिक सञ्जालमा परियारको दु:खबारे पत्रकार जीवन सुवेदीले शेयर गरेको तस्बिरसहितको अवस्था देखेपछि सहयोग गरेकी हुन् । पोखराका वरिष्ठ फोटो पत्रकार सुदर्शन रन्जीतमार्फत सरिताले तत्कालका लागि राहत पुग्ने गरी लक्ष्मी र उनका दुई छोराछोरीका लागि खाद्यान्न र केही नगद समेत पठाएकी हुन् ।

सहयोग शुक्रबार पत्रकार रन्जित र सुवेदी उनकै कोठामा पुगेर हस्तान्तरण गरे । सरितामाफर्पत मात्र तत्कालका लागि ५ हजार ५० बराबरको राहत प्रदान गरिएको र आगामी दिनमा दिगो समाधानका लागि पनि पहल गरिने पत्रकार सुवेदीले बताए ।

यसैबीच लक्ष्मीका लागि पोखराको न्यूरोडका रामबहादुर तामाङले खाद्यान्न र बालबालिकाका लागि लत्ताकपडा तथा नगदसमेत प्रदान गरेका छन् । त्यस्तै लामाचौरका मदन तरामु मगरले ग्यास सिलिन्डरसहित चुल्हो प्रदान गरेका छन् । सहयोगी मनहरुप्रति लक्ष्मीले धन्यवाद प्रकट गर्दै दु:खको बेला लगाएको गुन कहिल्यै नभुल्ने बताइन् । सहयोग पछि बालबालिका र उनको मुहारमा खुसी छाएको छ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!