मिलन तमु
अल्डरसट । मर्दिखोला समाज युकेले आप्mनो स्थापनाको १० औं वार्षिकोत्सव मनाएको छ ।
गत शनिबार १९ मे का दिन क्याम्बर्लीमा मनाएको हो । प्रमुख अतिथि एवं एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, समाजका अध्यक्ष हिरामान गुरुङ, जेष्ठ नागरिक ले.रि. पूर्णबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा हालै वैवाहिक बन्धनमा बाँधिएका समाजका सदस्यहरु, शैक्षिक योग्यता हासील गरेका विद्यार्थी र सफल व्यवसायीहरुलाई खादा लगाई सम्मान गरिएको थियो । कार्यक्रममा लोक गायिका इन्द्र गुरुङले विभिन्न गीतहरु गाएकी थिइन् भने समाजका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत् गरेका थिए ।
अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विनोद गुरुङले स्वागत मन्तव्य राखेका थिए । सचिव धर्म गुरुङले औपचारिक र सांस्कृतिक सचिव सुन्दर गुरुङले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।






