एनआरएनए युकेद्वारा आचार्य र विष्टको स्वागत

SHARE:

एटा संवाददाता
अल्डरसट । एनआरएनए युकेले नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टलाई स्वागत गरेको छ ।
नेपाल पत्रकार महासंघ युकेको चौंथो अधिवेशनका लागि नेपालबाट आएका अध्यक्ष आचार्य र महासचिव विष्टलाई गत शुक्रबार २५ मे २०१८ बेलुकी अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा स्वागत गरिएको हो । उनीहरुलाई एनआरएनए युकेको गुडवील एम्बेसडर घोषणा गर्दै सम्मान गरे ।

सो अवसरमा १९ मे शनिबार सम्पन्न शाखाको चौंथो अधिवेशनबाट नरेश खपांगीमगरको अध्यक्षतामा सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान समेत गरिएको थियो ।

एनआरएनए युकेका प्रमुख संरक्षक मे.रि. डमर घले (एमबीइ) को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, युके शाखाका नवनिर्वाचित अध्यक्ष नरेश खपाङ्गी, वरिष्ठ उपाध्यक्ष ध्रुव अर्याल, महासचिव सञ्जयभक्त कँडेलले मन्तव्य राखेका थिए । त्यस्तै, प्रमुख अतिथि मे.रि.डमर घले, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, आईसीसी सदस्य रामशरण सिम्खडा, शान्ति थापा, कुमारी गुरुङ, पूर्वअध्यक्ष योगेन क्षेत्री, उपाध्यक्षद्वय प्रेमगाहा मगर तथा पुनम गुरुङ, उपमहासचिव विनय अधिकारी, सल्लाहकार थर्क सेन, शिवजी श्रेष्ठ र वाचस्पति रेग्मी लगायत उपस्थित पदाधिकारी एवं सदस्यहरुले पत्रकार महासंघका केन्द्रीय अध्यक्ष आचार्य र विष्टलाई स्वागत तथा युके शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शेर सुनारले स्वागत र लगानी विभाग प्रमुख गंगा रानाले धन्यवाद मन्तव्य दिएका थिए भने महासचिव राजकुमार त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!