काठमाडौं ३१ भदौ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उहाँले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन् ।
किसानको छोरा सुगा अहिले ७१ वर्षको भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बन्नु भएका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका छन् ।






