अफगानिस्तानका तालिबानको आक्रमणबाट २१ को मृत्यु, मृतकमा ४ प्रहरी पनि

SHARE:

फैजाबाद असोज ४ । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गर्दा २१ जनाको ज्यान गएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । त्यसमा परी चार जना प्रहरी पनि मारिएका छन् ।

आइतबार बिहान ती दुई जिल्लाका सहरमा उनीहरुले हमला गरेका बताइएको छ । सुनियोजित रुपमा एकै पटक ती सहरमा हमला गरिएको अधिकारीहरुले जनाएका छन् । हमलाका क्रममा चार जना प्रहरी पनि मारिएका उनीहरुको भनाई छ ।

सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको एक सहरमा अरु सात जना मारिएका बताइएको छ । उनीहरुले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए । यस क्रममा १० जना तालिबान लडाकू र अरु सात जना प्रहरी घाइते भएका बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!