नयाँदिल्ली असोज ८ । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ हजार १४९ जना पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार १२९ जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको ले जनाएको छ ।
भारतमा हाल ९ लाख ६६ हजार सक्रिय संक्रमित छन् भने ४६ लाख ७४ हजार ९८८ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
भारतीय राज्य महाराष्ट्र सबैभन्दा प्रभावित रहेको छ । त्यहाँ हालसम्म २ लाख ७४ हजार सक्रिय संक्रमित छन् भने ९ लाख ५७ हजार निको भएकार छन् । यहाँ ३३ हजार ८८६ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।
कर्नाटका राज्यमा हाल करिब ९५ हजार व्यक्ति सक्रिय संक्रमित छन् भने ४ लाख ३८ हजार निको भएर डिस्चार्ज भइसकेका छन् । यहाँ ८ हजार २६६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अर्कोतर्फ आन्ध्र प्रदेश तेस्रो सर्वाधिक प्रभावित राज्य बनेको छ । यहाँ हाल ७० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् भने ५ हजार ५०७ जनाको मृत्यु भइसकेको छ । राज्यमा ५ लाख ७० हजार मानिस निको भएर घर फर्किएका छन् ।






