डब्लूएचओले भन्यो- ‘विश्वको ठूलो हिस्सा कोरोना संक्रमणको जोखिममा’

SHARE:

जेनेभा २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालीन कार्यक्रमका प्रमुख डा माइक ऱ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताएका छन् ।

सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा उनले उक्त धारणा राखेका हुन् । उनले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने अनुमान लगाए । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५४ लाख नाघेको छ ।

डब्लूएचओले भने करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ ।

जनस्वास्थ्यविद्हरुले लामो समयदेखि अहिले पुष्टि भएको संख्याभन्दा निकै धेरै कोरोना भाइरसबाट संक्रमित भइसकेको हुन सक्ने बताएका छन् ।
डाक्टर ऱ्यानले विश्वको जनसंख्याको १० प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने बताएका छन् ।

चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको १० महिना पूरा भइसके पनि यो नियन्त्रणभन्दा पनि झन तीव्र रुपमा फैलिरहेको छ । विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण १० लाख ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!