भियतनाम कात्तिक २ । मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ ।
भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म जलमग्न पारेको छ । भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी यो सातामा कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ ।
कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा चट्टानको वर्षा भएको छ र २२ सैनिकहरूलाई पहिरोले पुरेको बताइएको छ । पहिरोमा परेका ११ सैनिकको मृत शरीर पहिरोबाट निकालिएको छ भने बाँकी अन्यको खोजी भइरहेको छ, एक सरकारी वेबसाइटमा उल्लेख गरिएको छ ।






