प्रधानमन्त्री ओलीद्वारा अधिकारीको गीति एल्बम ‘फर्किन् मेरी आमा’ विमोचन

SHARE:

काठमाडौं कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बिच गीति एल्बम विमोचन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रमका बिच गीतकार तथा गायक प्रेमनाथ अधिकारीको ‘फर्किन् मेरी आमा’ नामक गीति एल्बम विमोचन गरेका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सांस्कृतिक संस्थानका अध्यक्ष समेत रहनुभएका गीतकार तथा गायक अधिकारीको गीति एल्बम ‘फर्किन् मेरी आमा’ विमोचन गरेका थिए । विमोचन पश्चात सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्जक अधिकारीको कलायात्राको निरन्तरताको कामना गरे । प्रधानमन्त्रीले कृति प्रकाशित गर्नु ठुलो कुरा भएको भन्दै एल्बमका सृजनाहरूको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा साहित्यकार डा. विजय सुब्बा र प्रा. केशव सुवेदीले अधिकारीको साङ्गीतिक यात्रा र उहाँको गीति एल्बम ‘फर्किन् मेरी आमा’को समीक्षा गरेका थिए । उनीहरूले तीसको दशकदेखि नै संगीत यात्रामा क्रियाशील अधिकारीको विमोचित एल्बमका गीतहरूले नेपाली मौलिक लोकभाकालाई समृद्ध बनाउने विचार व्यक्त गरेका थिए ।

एल्बमभित्र फर्किन् मेरी आमा, गाईलाई चरन, साँगुरी ओरालो, घमाइलो बगान, चरीको रङ्ग र ढङ्ढङ कक्ल्याक कक बोलका ६ ओटा सुमधुर गीत समाविष्ट छन् । अन्य सबै गीतको संगीत संयोजन प्राज्ञ राईले नै गरेका छन् । शीर्ष गीतमा संगीतकार तथा प्राज्ञ अशोक लोहोरुङ राईको संगीत रहेको छ । अन्य सबै गीतमा गीतकार तथा गायक अधिकारी स्वयंको लय सङ्कलन रहेको छ । गायक अधिकारीलाई शीर्ष गीतमा गायिका दुर्गा परियार र गाईलाई चरन बोलको गीतमा बिना भट्टराईको साथ रहेको छ । एल्बमकी निर्माता कमला अधिकारी रहेकी छन् । गीतको म्युजिक भिडियो प्रेमनाथ अधिकारी युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!