नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा देवेन्द्र खेरेस निर्वाचित

SHARE:

लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको छैटौँ अधिवेशनबाट देवेन्द्र खेरेसको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अक्टोबर १७ मा सम्पन्न अधिवेशनले निवर्तमान उपाध्यक्ष खेरेसको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मीजास तेम्बे, महासचिवमा चोक गुरुङ, सचिवमा अञ्जु अञ्जली र कोषाध्यक्षमा निर्मला परिवेश राई चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष खेरेससहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

त्यसैगरी, निवर्तमान अध्यक्ष टङ्क वनेमसहितको कार्यसमितिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!