सुवर्ण नेम्वाङ्गको गीतिसंग्रह ‘मालाजे ? निङ्वा सुम’ विमोचित

SHARE:

नगेन्द्रराज नेम्वाङ्ग
काठमाडौं मंसिर १ । गीतकार सुवर्ण नेम्वाङ्गको गीतिसंग्रह ‘मालाजे ? निङ्वा सुम’ को विमोचन भएको छ ।

नेपाल, बेलायत, जापान, अमेरिकालगायत विभिन्न देशहरुबाट जुम प्रविधिद्वारा सञ्‍चालित विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का निवर्तमान प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ्गले विमोचन गरेका थिए ।

कार्यक्रममा उपस्थित महानुभावहरुलाई साहित्यकार, भाषाविद् भीमा खजुम ‘मुसुम’ ले लिम्बु भाषाबाट स्वागत मन्तव्य राखेका थिए । टेक लावतीले सुवर्ण नेम्वाङ्गको जिवनी पढेर सुनाएका थिए । डा.मारुहाङ्ग खबाहाङ्गले गीतिसंग्रह पुस्तकको समीक्षा गरेका थिए ।

विमोचन कार्यक्रममा बेलायतबाट सलिस मञ्‍च यूकेका महासचिव रामकुमार इजम, किरात याक्थुङ्ग चुम्लुङ्ग यूकेका सल्लाहकार नरकुमारी लिम्बु, माङ्गेना चुम्लुङ्ग यूकेकी अध्यक्ष कमला लिम्बू, समाजसेवी लिला सेलिङ माबो, कियाचु महिला विभागका अध्यक्ष नेत्रकला ‘युमा’ लिम्बु, युमा साम्योका प्रतिनिधि लोकेन्द्र तबेबुङ्ग, मिलीजुली उपन्यास लेखिका शान्ति लिम्बु, किरात धर्म तथा साहित्य उत्थान यूकेका अध्यक्ष रामकमार सिं थेबे, किरात याक्थुङ्ग चुम्लुङ्ग यूकेका वरिष्ठ उपाध्यक्ष एवम् एभरेस्ट टाइम्स यूकेका मेनेजिङ डाइरेक्टर नगेन्द्र नेम्वाङ्गको विशेष उपस्थिति रहेको थियो ।

लेखक गीतकार सुवर्ण नेम्वाङ्गले विमोचन कार्यक्रमको शुभअवसरमा लिम्बु भाषामा गीत, कविता सुनाए । उनले आफ्ना जीवनमा भोगेका तितामीठा अनुभवहरु प्रस्तुत गर्दै उपस्थित महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा सबै उपस्थित अतिथिहरुले नेम्वाङ्गलाई बधाई दिनुका साथ गीतिसंग्रह ‘मालाजे निङ्वा सुमु’ समाजमा भाषा, साहित्य, संस्कृतिको संरक्षणमा अति राम्रो सन्देशमूलक रहने बताउँदै नेम्वाङ्गको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

लिम्बु भाषा, साहित्य मुन्धुमविद् येहाङ्ग लावतीको अध्यक्षतामा सम्पन्न गीतिसंग्रह विमोचन कार्यक्रम लिम्बु साहित्य, कलाकार यासेली योङहाङ्गले सञ्‍चालन गरेका थिए भने प्राज्ञ अमर तुम्याहाङ्गले जुम प्रविधि सञ्‍चालन गरी सहयोग पुर्‍याएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!