मुख्यमन्त्री गुरुङद्वारा मादीका ३ वटा मोटरेवल पुलको शिलान्यास

SHARE:

पोखरा मङ्सिर १० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मादी गाउँपालिकाका ३ वटा मोटरेवल पुलको शिलान्यास गरेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने ईदी र वार्दी खोला र मादी १० मकैखोलामा ऐतिहासिक रुपमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । यी पुलहरू बनेपिछ कास्कीको मादी गाउँपालिका र लमजुङको क्होलासोथर गाउँपालिका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । शिलान्यास समारोहमा संघीय सांसद खगराज अधिकारी, गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, प्रदेश सांसद मनबहादुर गुरुङ, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, जिल्ला समन्वय समिति प्रमुख बैन छेत्री, वरिष्ठ ईन्जिनियरहरुले शुभकामना दिएका कार्यक्रमको सभापतित्व गाउँपालिका प्रमुख श्याम गुरुङ र सञ्चालन प्रशासकीय अधिकृत नारायण सापकोटाले गरेका थिए । स्वागत मन्तव्य वडाध्यक्ष कुलप्रसाद गुरुङले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य विकास अधिकारीलगायत जिल्ला र गाउँकमिटीका साथीहरू, पुल सरोकार समिति, पत्रकार, निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो । आमा समूह, अखिलका विद्यार्थी नेताहरु, शिक्षक युवा क्लबहरूले फूलमाला बाजासहित भव्य स्वागत गरेका थिए ।

यसैबीच मुख्यमन्त्री गुरुङले जनकल्याण मावि मकैखोलाको निरीक्षण गर्नुका साथै गत वर्षातको समयमा भवन बन्दै गर्दा भएको क्षतिलाई विद्यालयका तर्फबाट समाजसेवी, नेकपाका नेता आनन्द सुवेदी, जसबहादुर गुरूङ र विद्यालयका प्रधानाध्यापकसँग जानकारी लिँदै ३० लाख रुपियाँ विद्यालयलाई तत्कालै उपलब्ध गराउने बचनबद्धतासमेत जनाएका थिए । ऊनु भयो!!!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!