गुमनाम हरिबहादुर सुननाम हरिबहादुर

SHARE:

आवासीय भिसाको चक्करले बुढ्यौली उमेरका लाहुरे क्याप्टेन हरिबहादुरलाई घुमाएर बेलायत पुर्यायो । तर उनीसँग एकछिन बस्ने फुर्सद छैन । बुढाबूढी, अस्वस्थ्य, असहाय, अशक्त देख्यो कि सहयोग नगरी उनको मनले मान्दैन । आम लाहुरेझंै डिनर नाइट, संघसंस्थामा खादा भिर्नु, कुनै पद, भोज, मोजको लोभ छैन न त कोराल गएर गोजी रित्याउने समय छ उनीसँग ।

अरुका लागि जिपी, काउन्सिल गयो, विभिन्न कार्यालयबाट आएका कागजपत्र पढिदियो, अर्थात् उनको दैनिकी एक फुलटाइमर सरकारी जागिरेको भन्दा व्यस्त । र, पनि बाक्लो गोर्खाली समुदाय बसोबास क्षेत्र फानबोरोका हरेक घरघरमा गएर केही न केही सरसहयोग गरेकै छन् हरिबहादुरले । आपूmले नजानेका विषय र नभ्याएको समय छोरी राधिकाले पूरा गरिदिन्छिन् ।

पाल्पा वाकामाङ २ मगरातमा आजभन्दा साढे सात दशकअघि जन्मे हरिबहादुर थापा मगर । उनी जन्मँदा काठमाडौंमा जुद्धशमशेर नाम गरेका राणा शासक थिए । अहिले बोलीने नेपाली भाषा उतिखेर जन्मेको थिएन ।
दशैंताका गाउँको स्थानीय एकादशी बजारको रमझम थियो । त्यहीं पिङ खेल्न जाँदा लोर्के ठिटा खोज्दै गाउँ चाहार्ने गल्लाको पछि लागेर हरिबहादुरले गाउँ छाडे । टुकटुके रेल चढेर दुईदिन दुई रातपछि कोलकाताको ब्यारेकपुर पुगेर आँपको छाहारी तम्बुमा केही दिन सुते । त्यसपछि ११ दिनको पट्यारलाग्दो कठिन यात्रा छाद्दै मलाया छाउनीमा पुर्याइयो ।

हरिबहादुरले दार्जिलिङतिरका साथीहरुको सहयोग लिएर घरमा ‘स्वस्तीश्री’…. पठाए । उतिखेर ब्यारेकमा रोमन गोर्खाली र मिलिटेरी क्याल्कुलेशनको कक्षा हुन्थ्यो । उनलाई फाल्टो समयमा आफै पढेर भए पनि घरमा चिठी लेख्न सके हुन्थ्योजस्तो लाग्थ्यो । तर सहज थिएन । राति पढ्दा किन बत्ति बालेको भन्दै गुरुजीले सजाय दिएपछि उनी मच्छरदानीले छोपेर पढ्थे । पढ्नको नशाले छोएका हरिबहादुरले ६ महिनाको नेपाल छुट्टीमा नेपालीमा चिट्टीपत्रसम्म लेख्न साउअक्षर सिकेर पल्टन फर्के । काम ठूलो सानो भनेर कहिल्यै नछुट्याउने बानी बसेका उनले पल्टनमा कमाण्डरले अह्राएका कार्य अत्यन्तै मिहिनेतकासाथ जिम्मेवारहरु पूरा गर्दै जाँदा क्याप्टेनको दर्जामा पेन्सन आए ।

पेन्सन गएपछि ओत लाग्नकै लागि काठमाडौंमा एउटा याक्सा ठर्याए । क्याप्टेनको १२ सयको पेन्सनले बालबच्चा पढाउन र घरखर्च चलाउन पुग्ने कुरै भएन । त्यसपछि उनले सानोतिनो व्यवसाय चलाए । अचनाक गाउँमा खानेपानी भोलिन्टीयर एउटा काममा अफर आयो । उनको सीप र कामप्रतिको लगनशीलता देखेर विदेशीहरु लोभिएर सेभ द चिल्ड्र«ेन नर्वेमा १५ वर्ष (१९८५—२०००) लगातार काम गरे । पाल्पा, तनहँु, लम्जुङ, वीरगञ्ज, उदयपुर, चितवन, बुटवलजस्तै नेपालका विभिन्न विकट जिल्लाहरुमा गएर खानेपानी अधिकृतसरह विकास योजनाका कार्यहरु सफलतापूर्वक सम्पन्न गरे । नोकरीको अन्ततिर सोही परियोजनाको प्रमुख प्रोजेक्ट मेनेजर भएर अवकाश लिए ।

हरिबहादुरको परिवार आफैंमा लाहुरेको लामो साइँनो गासिँएको छ । बाजे सन्तवीर पहिलो र बाबु रेवन्तसिं दोस्रो विश्वयुद्धका योद्धाहरु हुन् । उनले मलायामा कम्युनिस्ट छापामार विरुद्ध ब्रिटिसतर्फ हतियार बोके । तर पनि सामान्य एकछाक पेटभर खाने अवस्था नभएर उनको परिवारमा चरम गरिबी अवस्था थियो ।

चौथो पुस्ताका माहिलो छोरो बोसनिया र अफगानिस्तानमा लडेरे परिवारिक गोर्खाभर्तीको निरन्तरता दिइरहेका छन् । सानैमा गाउँकै बाहुनको चार वर्ष हलो जोतेर पेट पाले हरिबहादुरले । उनको परिवारमा जग्गासम्बन्धी मुद्दा परेको रहेछ । त्यही जग्गा फर्काउन १३ वर्षको उमेरमा तानसेन गएर एकजना अड्डावालाको घरमा गोठालो बस्नु परेको नमीठो अनुभव उनीसँग अझै ताजा छ । त्यहाँ उनले मालिकको भाँडा माझ्नेदेखि गाईको गोबर सोहर्ने काम गरे ।

हरिबहादुरको मानसपटलमा सम्झनलायकका घटना अनगिन्ती छन् । कुनै दिन सात वर्षको कलिलो उमेरमा १६ वर्षकी एउटी तरुनी उनको स्वास्नी भएर भित्रिएकी थिइन् । लोग्नेस्वास्नीको सुखभोग नगरी मलायाको लाहुरे बनेका उनी पहिलो घरबिदा आउँदा घरमा स्वास्नी थिइनन् र दोस्रो विवाह गरे । यो घटनाले हरिबहादुरको मात्र नभई त्यो समयको सामाजिक अवस्थाको चित्रण गर्छ ।

सानैदेखि दयालु स्वभावका हरिबहादुर आमाले पकाएको फर्सीको टुक्रासमेत साथीसंगीसँग बाँडेर खान्थे । प्रचारमा कहिल्यै नआए पनि उनले समाजसेवामा काम गरेका फेहरिस्त लेख्यो भने एउटा महाकाव्य बन्न सक्छ । गोर्खा आन्दोलन, राजनीतिमा पहिचानको आन्दोलन, जातीय संघसंस्थामा सहभागिता र खासगरी असहाय, अशक्तहरुलाई उनले सकेजति सहयोग गरेका छन् ।

समाजसेवामा हरिबहादुर सुनजस्तै चम्किलो नाम हो । तर, उनी गुमनाम छन् । कुनै संघसंस्थाको औपचारिक पद नलिएपछि उनको नाम पत्रपत्रिका वा सामाजिक सञ्जालमा देखिने कुरै भएन । तर भरअभरमा उनको साथ पाउने सयौं असहाय भूपू गोर्खा र तिनका परिवारका लागि हरिबहादुर बरदान सावित भएका छन् ।

गोर्खा आन्दोलनमा आर्थिक र नैतिक सहयोग गर्ने थोरै अधिकृतमा हरिबहादुर गुरुङको नाम अगाडि आउँछ । ुगोर्खा अधिकृतलाई धर्के भन्नेु पदमबहादुरको बोली ठीक नभए पनि उनले खुलेर आर्थिक सहयोग गरे । सुरुमा गेसोले गोर्खा आन्दोलनलाई ठीक बाटोमा ल्याएको हो, तर सल्लाहकार र पदमबहादुरको बहुलट्ठीका कारण यसले गति लिन नसकेको उनको ठम्याइ छ । आवासीय अधिकार प्राप्त गर्न विजिडब्लुएसको एक्लो प्रयास सफल भएकोमा अरुलाई शंका नगर्न उनको सुझाव छ । बेलायत आएपछि पनि उनी निरन्तर गोर्खा आन्दोलनमा लागिरहे । गोर्खा सत्याग्रहमा हरिबहादुरले खुलेरै सहयोग गरे । तर सत्याग्रहका ज्ञानराज राईले पटक पटक अडान छाडेकोमा उनी दुखी पनि छन् ।

मगर संघलाई अहिलेको उचाईमा पुर्याउन नेपालमा हरिबहादुरले धेरै पसिना बगाएका रहेछन् । उनकै नेतृत्व (अध्यक्ष २००४—२००७) मा काठमाडांै उपत्यकामा हिँडेरै घरगन्ती गरे । र, कलंकीमा मगर संघको भवन निर्माणजस्तो ऐतिहासिक कार्य पूरा गरे ।

सुरुमा राष्ट्रिय जनमुक्ति पार्टी नेपाललाई सहयोग गरेका हरिबहादुरलाई पहिचानको राजनीतिले गति नलिएकोमा चिन्तित देखिन्छन् । अब युवाहरुले नेतृत्व गरे राजनीतिमा केही आशा गर्न सकिने उनको मनसाय हो । मान्छेको संख्याभन्दा धेरै टोलटोलमा संघसंस्था र त्यो भन्दा पदको झगडा देखेर उनी आफैं छक्क पर्छन् ।

बेलायत आएपछि फानबोरोमा उनैको पहलमा सन् २००८ तिर एउटा मद्दत संघ च्यारिटीमा दर्ता भयो । १५०० सदस्य रहेको यो च्यारिटीमा पार्टी, पद, प्रचार, प्रसारण अरु संघसंस्थामा जस्तो बाहिरी देखिने ठूल्ठूला गतिविधिहरु नभएर, कसको के
समस्या छन् भनेर खोज्ने र त्यसलाई तत्कालै सहयोग गर्ने सानातिना कार्यहरुमात्र गरिन्छन् ।

बुद्ध धर्ममा गहिरो आस्था राख्ने हरिबहादुर अरुको दुः खमा साथ दिनसके सबैको कल्याण हुने जीवन पद्धतिका सरल सूत्र बताउँछन् । ठूलाबडाका निगाहमा भन्दा गरिब दुःखी र असहायहरुको सेवामा रमाउने हरिबहादुरको आदर्शवादी जीवनबाट सबैलाई प्रेरणा मिलोस् ।

प्रस्तुति : कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!