लण्डनस्थित नेपाली दूतावासमा जुन ८ तारिखका दिन उच्चस्तरीय बैठक बस्ने

SHARE:

लण्डन। बेलायतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत विपिन दुवाडीले आगामी ८ जुन २०२६ का दिन लण्डनस्थित नेपाली दूतावासमा एक विशेष बैठकको आयोजना गर्नुभएको छ। ‘जी १०’ (G10) का सदस्यहरूलाई सम्बोधन गर्दै उक्त बैठकमा उपस्थितिका लागि औपचारिक निमन्त्रणा पठाइएको छ।

नेपाली दूतावास (Kensington Palace Gardens, W8 4QU) मा दिउँसो २:०० बजेदेखि ३:३० बजेसम्म चल्ने उक्त बैठकमा नेपाल र बेलायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने जनाइएको छ।

बैठकका मुख्य अतिथिहरू र सहभागीहरू:
Rt Hon John Healey MP: बेलायतका रक्षा मन्त्री (Secretary of State for Defence) – भौतिक रूपमा उपस्थित हुने
Hon Louise Sandher-Jones MP: बेलायतका भेटेरान्स तथा नागरिक मामिला मन्त्री (Minister for Veterans and People) – भौतिक रूपमा उपस्थित हुने
माननीय शिशिर खनाल: नेपालका परराष्ट्र मन्त्री – काठमाडौंबाट भर्चुअल माध्यम (अनलाइन) बाट जोडिने

बैठकको गम्भीरता र समयतालिकालाई ध्यानमा राख्दै आयोजकका तर्फबाट सम्पूर्ण आमन्त्रित सदस्यहरूलाई तोकिएको समयभन्दा अगावै, अर्थात् दिउँसो १:४० बजेभित्र नै दूतावासमा उपस्थित भइसक्न अनुरोध गरिएको छ।

यस उच्चस्तरीय बैठकले दुई देशबीचको आपसी सम्बन्ध र रक्षा लगायतका आपसी चासोका विषयहरू लगायत भूपु गोर्खाहरूको मागको सम्वन्धमा महत्त्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!