एनआरएनएद्वारा चितवनको भरतपुर महानगरलाई ६१ लाखको मोबाइल ब्लड बैंक हस्तान्तरण

SHARE:

लन्डन पुस ४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चितवनको भरतपुर महानगरपालिकालाई मोबाइल ब्लड बैंक (घुम्ती बस) हस्तान्तरण गरेको छ । ६१ लाख लागतको बसमा ब्लड बैंकमा हुने सबै सुविधा रहेको छ ।

दुर्घटनामा परी रगतका लागि समयमा अस्पतालमा पुग्न नसक्दा अकालमा मृत्यु हुनु पर्ने अवस्था कम हुने अपेक्षासहित घुम्ती बस हस्तान्तरण गरिएको एनआरएनएका महासचिव डा हेमराज शर्माले जानकारी दिए । उनले उक्त परियोजानाको नेतृत्व गर्ने गौरीराज जोशी, लोक दाहाल र फडिन्द्र पन्त तथा सहयोगीहरू सबै जनालाई हार्दिक धन्यवाद दिएका छन् ।

स्मार्ट एनआरएनए, सांगठनिक संरचना बाहेकका तीन फ्लागसिप प्रोजेक्टमध्यको यो परियोजना लगभग पूर्वनिर्धारित समयमा सम्पन्न भएको उनले बताए । कोभिडको महामारीले थोरै ढिला भए पनि एनआरएनएको योजनाहरुले गति लिइरहेको उनको दाबी छ ।

यसैबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त बसमा बसेर रक्तदान गरेकी छन् । गैरआवासीय नेपाली सङ्घले रगत सङ्कलन गर्न प्रदान गरेको घुम्ती बसमा बसेर शनिबार पहिलो पटक रक्तदान गर्दै शुभारम्भ गरेकी हुन् । सो अवसरमा महानगर प्रमुख दाहालले मेडिकल सिटीको कुरा मात्रै गरेर नहुने जनाउँदै काम गरेर देखाउने समय आएको बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!