इन्टेक १९८२ को ३६औं वसन्तको सफल यात्रा

SHARE:

लन्डन । गत २६ मे २०१८ शनिबारका दिन Connaught School Aldershot मा इन्टेक १९८२ ले ३६औं वसन्तको सफल यात्राको प्रतीकको रुपमा ३६ वटा बेलुन शून्यमा उडाएर सुरुआत गरियो । सोही अवसरमा अस्वस्थ नम्बरहरुको शीघ्र स्वास्थ्यलाभको कामना र दिवंगत नम्बरीहरुको चीरशान्तिको कामना गरियो ।

सोही अवसरमा Intake 1982 Global Gurkha Organisation को १०औं वार्षिक स्थापना दिवस पनि मनाइएको थियो । संस्थाका सदस्यहरुको उल्लेख्य उपस्थितिमा अतितका सम्झनाहरु, विशेष रिक्रुट तालिम गर्दा भोकेको तितामिठा अनुभव, धोवी गफ एकअर्कामा आदानप्रदान गर्दै भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संसारभर छरिएर रहेका नम्बरीहरुले सहयोग गरेका थिए ।

इन्टेक १९८२ को धरातलमा टेकेर विभिन्न महत्वपूर्ण स्थान हासिल गर्ने नम्बरीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा MBE (Member of British Empire) Award 2018 पाउने विजयान्त शेरचन, युएनको सुरक्षासम्वन्धी उच्च ओहोदामा कार्यरत भावीमान मुखिया, बेलायत सेनाबाट सेवा निवृत्त भई भारतीय सेनामा भर्ती भई सुवेदार हुन सफल बिदुर काजी गुरुङ, शारीरिक अस्वस्थ नम्बरीहरु र नवप्रवेशी नम्बरीहरुका साथै बहिनीहरुलाई अध्यक्ष लक्ष्मी घिसिङ र श्रीमती ज्योति घिसिङले खादा लगाई सम्मान गरेका थिए ।

कार्यक्रममा मनोरञ्जन संयोजक योगेश गुरुङले राफल ड्र खेलाउँदै चर्चित गायक गायिकाहरुको धमाकेदार सांगीतिक प्रस्तुति दिएका थिए । इन्टेक १९८२ का सदस्यहरुबाट नृत्य, छुटकिला, कविता, गीत लगायतको प्रस्तुतिले भरपूर मनोरञ्जन दिलाएको थियो ।

कार्यक्रम संस्थाका महासचिव राम इजमले संचालन गरेका थिए । संस्थाका अध्यक्ष लक्ष्मी घिसिङले उपस्थित सबैमा धन्यवाद दिँदै संसारभर छरिएर रहेका नम्बरीहरुबीचमा सम्वन्ध विस्तार गर्दै कार्यक्रमलाई निरन्तरता दिने बताउँदै कार्यक्रमको समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!