सहारा युकेलाई एफए इक्वेलिटी च्याम्पियन अवार्ड

SHARE:

एटा संवाददाता
अल्डरसट । सहारा युकेले ह्याम्पसायर एफए इक्वेलिटी च्याम्पियन अवार्ड प्राप्त गरेको छ ।

गत शनिबार २ जुन बेलुकी साउथहेम्टन एफसी सभाहलमा आयोजित रात्रिभोजमा ह्याम्पसायर एफएका क्रिस स्मिथले सहारा युकेका अध्यक्ष मिन साइँला गुरुङलाई सो अवार्ड प्रदान गरेका हुन् । ह्याम्पसायर इन्क्लुसीव एड्भाइजरी ग्रुपमा समेत आबद्ध रहेका अध्यक्ष गुरुङको विशेष पहलमा हालै सम्पन्न १६ औं गोर्खा कपमा एफए कप समेत प्रदर्शन गरिएको थियो ।

सहारा युकेका अध्यक्षका अनुसार, ह्याम्पसायर एफएले सहारा युकेका खेलाडीहरुलाई फुटबल प्रशिक्षण र रेफ्री तालिम दिने योजना बनाएको बताए । सहारा युकेका अध्यक्ष गुरुङले सहारा युकेका सल्लाहकार, कार्यसमिति र शुभचिन्तकहरुको साथ र सहयोगले अवार्ड हात परेको बताउँदै खुसी व्यक्त गरे ।

कार्यक्रममा सहारा युकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, सहारा एफसी चेयरमेन ले.रि. कुसाङ्ग गुरुङ, महासचिव कृष्ण गुरुङ र धनु थकालीको समेत विशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!