यस्तो छ देश समृद्धि बनाउने आइडिया फर नेपालको योजना

SHARE:

एटा संवाददाता
फार्नबोरो । गैरआवासीय नेपालीहरुद्वारा स्थापित आइडिया फर नेपालले देशलाई समृद्धि बनाउने योजना अघि सारेको छ ।
एनआरएनए युकेद्वारा आयोजित स्वागत कार्यक्रममा आइडिया फर नेपालका अधिकारीहरुले नेपाललाई समृद्ध बनाउने योजना जानकारी गराएका हुन् । गत शुक्रबार १ जुन साँझ फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा आइडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिरोमणि दवाडी, सहकार्यकारी अधिकृत सुगारिका केसी र अन्तर्राष्ट्रिय निर्देशक चिङ्ग चिङ्गले कृषि, प्रविधि, होटल, पर्यटन र भौतिक पूर्वाधारको विकासमा आइडिया फर नेपालले लगानीको सुरुआत गरेको बताए ।

उनीहरुले कृषि उत्पादन नै देशको जग भएको हुँदा आपूmहरुले फलपूmल, सेतो रक्तचन्दन, पशुपालनलाई विशेष ध्यान दिइएको बताउँदै मेरो टिभी, ब्रोडलिंक र क्रिस्टल इन्फोसीज्जस्ता मिडिया आपूmहरुको बलियो सहयात्री रहेको जनाए । त्यस्तै, आइडिया मोबाइल एप र आइडिया टिभीमार्फत् आपूmहरुको विभिन्न सेवाहरु प्रदान गर्ने जनाए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिरोमणि दवाडी र सहकार्यकारी अधिकृत सुगारिका केसीले पावर पोइन्ट प्रिजेन्टेशन प्रस्तुत् गर्दै आइडिया फर नेपालले नेपालको स्रोत र साधनलाई उपयोग गर्दै नेपाललाई समृद्ध बनाउने बताए । प्रिजेन्टेसनपश्चात् आएका विभिन्न जिज्ञासाहरुलाई तीनैजना अधिकारीहरुले मेटाएका थिए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले आइडिया फर नेपालका अधिकारीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षता र उपाध्यक्ष पुनम गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा एनआरएनए युकेका प्रमुख संरक्षक मेजर रि. डमर घले एमबिई, पूर्वअध्यक्ष योगेन क्षेत्री, मुछेत्र गुरुङ, उपाध्यक्ष शेर सुनार, आईसीसी सदस्य शान्ति थापा, कुमारी गुरुङ, थर्क सेन, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम थापा, सहारा युकेका अध्यक्ष मिन साइँला गुरुङ र गे्रटर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासेलगायतको विशेष उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!