समाजसेवी मोक्तानको पहलमा मुस्कान सेवा नेपाललाई २९ लाख सहयोग

SHARE:

एटा संवाददाता
लन्डन । यती नेपाली एशोसिएसन युकेका पूर्वअध्यक्षलगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका समाजसेवी उमेशराज मोक्तानको पहलमा गुजराती समाजद्वारा मुस्कान सेवा नेपाललाई २९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
गत जुन २, २०१८ शनिबारका दिन सोराठी प्रजापती समाज युकेको साउथहलस्थित आप्mनै भवनमा समाजका पदाधिकारीहरु, सदस्यहरु र साधारण सदस्यहरुको उपस्थितिमा २९ लाख रुपैयाँ (२०,००० पाउन्ड) को चेक मुस्कान सेवा नेपालको लागि पहलकर्ता समाजसेवी उमेशराज मोक्तानलाई समाज अध्यक्ष, उपाध्यक्ष र महासचिव हसमुख भाइ, कान्ती भाइ र भावेश भाइले हस्तान्तरण गरेका थिए । सो रकम एउटा भारतीय गुजराती समाजबाट नेपालका असहाय बालबालिकाहरुको भवन निर्माण सहयोगार्थ उपलब्ध गराउन समाजसेवी मोक्तानलाई निकै समय लागेको थियो । ]

माजिक संस्थाको कुरा बैठकमा पारितपछिको छलफल, आवश्यक कागजपत्र उपलब्ध र मुस्कान सेवा नेपालको डाइरेक्टर भवानी राई गुरुङसँगको हप्तैपिच्छेको लामोे वार्तापश्चात् मोक्तानको एकल प्रयासमा सफल भएको हो । सहयोग रकम नेपालका असहाय बालबालिकाहरुको भवन निर्माण सहयोगार्थ ‘हाम्रो घर’ मुस्कान सेवा नेपाललाई उपलब्ध भएको छ ।

यसअघि सन् २०१६ मा मोक्तान अध्यक्ष भएकै समयमा यती नेपाली एशोसिएसन युकेको च्यारिटी कार्यक्रमबाट मुस्कान सेवा नेपाललाई ३४०० पाउन्ड आर्थिक सहयोग गरिएको थियो । ब्रेन्टका पूर्वमेयर काउन्सिलर भगवानजी चौहान प्रजापती समाजको अध्यक्ष रहेको समयमा मोक्तानसँगको राम्रो पारिवारिक सम्बन्ध रहेको कारणले सो रकम नेपालको राम्रो कार्यमा सहयोग गर्ने मनसाय व्यक्त गरेपछि मोक्तानले नेपालमा राम्रो कामहरु गर्ने संस्था धेरै भए पनि मुस्कान सेवा नेपाललाई नै रोजेका थिए । सो सेवाले असहाय बालबालिकाहरुलाई छुट्टै विशेष कार्यहरु गरेर छोटो समयमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

सामाजिक संस्था मुस्कान सेवा नेपाललाई नै आर्थिक सहयोग गरिदिन आग्रह गरेपछि पूर्वमेयरकै अध्यक्षताको कमिटीबाट सुरु भएको पहल आज हसमुख भाइ अध्यक्ष भएको कार्यसमितिले सर्वसम्मत पारित गर्दै चेक हस्तान्तरण गर्ने निर्णय गरिएको हो ।

सोराठी प्रजापती गुजराती समाज युके आफैमा एउटा च्यारेटिवल सामाजिक संस्था हो । जुन संस्थाको साउथहलमा आप्mनै बिशाल भवन छ । सो समाजले वर्षेनी भारत, अफ्रिका, बेलायत र अन्य देशहरुमा आर्थिक सहयोग गर्दै आएको छ ।
मुस्कान सेवा नेपालका बेसहारा बालबालिकाहरुलाई आश्रय दिने सामाजिक संस्था हो । जुन संस्था हाल १४ जना असहाय बालबालिकाहरुले लालनपोषण, खानापिन, खेलकुद, शिक्षा, गायन, सामाजिक सेवामा सहयोग गर्ने भावना जागृत गर्ने अवसर पाएका छन् । मुस्कान सेवा नेपालको छुट्टै विशेषता भनेकै असहाय बालबालिकाहरुलाई गाँस र बास मात्र हैन, जसरी अभिभावकहरुले आप्mनो बच्चालाई राष्ट्रको कर्णधार बनाउन हरतवरले प्रयास गर्छन्, त्यसरी नै मुस्कान सेवा नेपालकी डाइरेक्टर अर्थात् बच्चाहरुको ‘मामु भवानी राई गुरुङ’ले प्रयास गर्दै आएकी छन् । उनले भविष्यमा बच्चाहरु आप्mनो खुट्टामा उभिन सकुन्, राष्ट्र र गरिब जनताहरुलाई केही गर्न सक्ने सक्षम नागरिक बनाउन हरतवरले प्रयासरत छिन् । जसको फलस्वरुप आज केही बच्चा गायिका बन्दैछिन् त केही खेलाडी बन्दैछन् । यही नै मुस्कान सेवा नेपालको विशेष पहिचान हो । स्मरण रहोस् मुस्कान सेवा नेपालको निर्माणधिन भवन आगामी सेप्टेम्बर महिनासम्ममा पूरा भइसक्ने लक्ष्य मामु भवानी राई गुरुङले जानकारी दिएकी छन् । सो अवसरमा प्रजापति समाजका केही पदाधिकारीहरु आउने सेप्टेम्बर महिनामा निर्माणधिन भवनको अवलोकन गर्न आर्थिक सहयोग पहलकर्ता उमेशराज मोक्तानसँगै नेपाल जाने भएका छन् । भविष्यमा केही आर्थिक नपुग भएको खण्डमा फेरि केही आर्थिक सहयोग उपलब्ध गराउने समाजका पदाधिकारीहरु हसमुख भाइ, कान्ती भाइ र भावेश भाइले पलहकर्ता मोक्तानलाई वचन दिएका छन् ।

अन्त्यमा समाजसेवी मोक्तानले प्रजापती समाज युके, पत्रकार नवीन पोखरेल, सिद्धार्थबिक्रम क्षेत्री, बिमला सेने, जीन के. गाउँले, ध्रुवराज अर्याललाई समाचार सम्प्रेशन र गोल्डेनसीपका देव गुरुङलाई पावर पोइन्ट उपलब्ध गराएकोमा धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!