मगरात प्राप्ति नहुञ्जेलसम्म सहयोग गर्नुस् : नेम थापा

SHARE:

एटा संवाददाता –

बेलायत । आइतबार २५ मे को दिन मगर संघ युकेको विधान कमिटीको बैठक बेलायतको फार्नबोरोस्थित मगर भवनमा सम्पन्न भएको छ । बैठकको पहिलो चरणमा संघका कोषाध्यक्ष नेत्र आलेले मगर दिवसको आय–व्ययको विवरण पेस गरेका थिए भने महासचिव लाल पुनले मगर संघ युकेको भावी कार्यक्रम नेपाली ओपन कन्सर्टको लागि कलाकारहरु सागर आले, पदम थापा र मिना लामालाई निमन्त्रणा दिइको जानकारी दिएका थिए ।
बैठकमा संस्थाका अध्यक्ष नेम थापा नेपाल मगर संघको २६ आंै राष्ट्रिय भेला तथा मगरात प्राप्तिको लागि मगरात अभियानमा भाग लिन नेपाल गएको अवगत गराउनुको साथै उनले नेपालमा रहँदा नेपाल मगर संघद्वारा आयोजित मगर मन्त्रीहरुलाई स्वागत र सम्मान गर्ने, पत्रकार सम्मेलन तथा उपराष्ट्रपतिलगायत मगर मन्त्रीहरुसँग भेट्ने तथा कार्यक्रममा सहभागिता जनाउने मौका मिलेको जानकारी दिएका थिए ।
नेपाल सरकारका गृहमन्त्री प्रमुख अतिथि रहेको नेपाल मगर संघको २६ औं राष्ट्रिय भेला तथा मगरात प्राप्तिको लागि मगरात अभियानको बैठकले मगरात प्राप्ति नहुँदासम्म संघर्ष जारी रहने निर्णय भएको हुँदा मगर संघ युके अध्यक्ष नेम थापाले पनि युकेवासी मगरहरु पनि मगरात प्राप्ति नहुँदासम्म जस्तोसुकै सहयोग गर्न पनि तयारी हुन पर्नेमा निर्देशन दिएका छन् ।
कार्यक्रमको दोस्रो चरणमा विधान समितिका संयोजक ले. सुनिल रानालगायत उनका टिम देवी आले, नरेश खपांगी, कमला खपांगी र क्या. राम पुनले संयोजकत्वमा मगर संघ युकेको विधानको बारेमा ब्यापक छलफल गरी अन्तिम रुप दिएका छन् भने सो विधान आउँदो शनिबार अप्रिल ७ को दिन वार्षिक साधारणसभाबाट पारित गराउने तथा प्रस्तुत गर्ने निर्णय भएको मंगर संघ युकेका महासचिव महासचिव लाल पुनले जानकारी दिए ।
कार्यक्रमको अन्तिम चरणमा नेपाल आदिवासी जनजाति महासंघ युकेको आयोजनामा नेपालबाट आमन्त्रित पूर्वसांसद, नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव तथा नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आलेलाई मगर संघ युकेले स्वागत तथा सम्मान गरेको थियो । सो स्वागत तथा सम्मान कार्यक्रममा सुरेश आलेले नेपालको संविधान सम्पूर्ण जनजाति तथा मगरहरुको लागि अपुरो रहेको हुँदा मगरात प्राप्तिको लागि धेरै संघर्ष गर्नु पर्ने बताए । साथै परिआएमा मगरात क्याम्पियनलाई सहयोग गर्न आग्रह गरेका थिए । उपस्थित मगरहरुले उठाइएको जिज्ञासाहरुलाई सटिक उत्तर दिँदै उनले धन्यवाद र शुभकामना पनि दिए ।
मगर संघ युकेका अध्यक्ष नेम थापाले अध्यक्षता गरेको बैठकलाई उपाध्यक्ष अनिता रानाले स्वागत मन्तव्य राखेकी थिइ भने महासचिव लाल पुनले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!