एटा सम्वाददाता –
लन्डन । तमु प्ये ल्हु संघ युकेको तेह्रौं साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
तमु प्ये ल्हु संघ युकेको पाँचौं कार्यसमितिको पहिलो साधारणसभाको रुपमा गत २४ मार्च २०१८ शनिबारका दिन फार्नबोरोस्थित सामुयल कोडी कलेजमा सम्पन्न भएको हो । संघका अध्यक्ष मेजर खुसीमान ल्हेंगें तमु एमभिओ र संघका प्रमुख सल्लाहाकार ले. मदन प्लेहें तमुले दिप प्रज्वलन गरी सुरु गरिएको कार्यक्रममा धर्मगुरु क्ल्हेप्री हिरा म्होब्छे र पच्यु देब गरब्जले तमु परम्परा अनुसारको पूजा गरेका थिए ।
संघका अध्यक्ष मेजर खुसीमान ल्हेंगें तमु एमभिओले संघको मुख्य उद्देश्य बारेमा जानकारी दिइएको कार्यक्रममा यसबर्ष स्वर्गारोहण भएका संघका सदस्यहरुका साथसाथै हालै विमान बंगलाको दुर्घटनाबाट ज्यान गुमाएकाहरुको मृतआत्माको चीर शान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो ।
संघका सदस्य, सल्लाहकार र आजीवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा प्येताँ ल्हुताँका संयोजक क्याप्टेन देवराज न्गोप्छे तमुले तमु जातिको प्ये, छ्या अर्थात् परम्परालाई कसरी जगेर्ना गर्ने भन्ने बिषयमा बोलेका थिए । त्यस्तै, खेगी समितिका संयोजक डम्बर टु क्ल्हेप्री तमुले धर्म गुरुहरुको प्रवचन राम्रो संग सुनिदिन अनुरोध गरे । उनले २००९ सालमा स्थापना भएको खेगी समितिले सेरगा महो, टोबा छ्योपा खेगी गुरुहरुको धर्म ग्रन्थ धर्मगुरुहरुबाट संघका अध्यक्षको मातहतमा प्रोपर्टी संयोजकलाई हस्तान्तरण भैसकेको अवगत गराए । त्यस्तै, पच्यु देब गरब्ज तमुले छि फैलु र पीपीसी यारजङ्ग क्रोम्छे तमुले धर्म ग्रन्थ निकाल्ने प्रतिबद्दता व्यक्त गरे ।
तमु प्ये ल्हु संघ युकेको आमा समूहकी सचिव बबिता पह्च्यु तमुले आमा समुहले गरेका काम, उपलब्धि र आर्थिक गतिविधि बारे जानकारी दिइन् । त्यस्तै, तमु प्ये ल्हु संघ आमा समुहकी प्रथम उपाध्यक्ष टक माया तमुले पनि आमा समुहलाई व्यवस्थित गरेर लैजानु पर्नेमा जोड दिएकी थिईन् ।
प्रोपर्टी कार्यबाहक संयोजक क्याप्टेन नर बहादुर पर्जु तमु एमभिओ, बिईएमले कोहिबो धिं परियोजना बारे जानकारी गराएका थिए भने प्रोपर्टी प्रोजेक्ट सम्बन्धमा क्याप्टेन दुदमान पोम्मे तमुले थप जानकारी दिएका थिए । त्यस्तै, ई. विजय त्होर्जे तमुले छिट्टै निर्माण गर्न लागिएको कोहिंबो धिंको नाक्सा पावर पोइन्टद्वारा देखाउदै कार पार्क, तमु संस्कार अनुसार गरिने पुजा गर्नेलगायत ठाउँको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा युवा समितिका सल्लाहकार रबि टु क्ल्हेप्री तमुले सबै अभिभावकहरुले आ–आफ्नो छोराछोरीहरुलाई आफ्नो धर्म संस्कृतिबारेमा जानकारी दिन अनुरोध गरे ।
संघका कोषाध्यक्ष दिलिप तेलेजें तमुले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । उनले ६ लाख १४ हजार ३६२ पाउण्ड ११ पेन्स रकम संकलन गर्न सफल भएको जानकारी दिए । त्यस्तै संघको विधान माथि व्यापक रुपमा छलफल गरी संशोधन गरिएको थियो भने सचिव खेम बहादुर सर्बुजाले संघलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी गराएका थिए ।
संघका प्रमुख सल्लाहाकार ले. मदन प्लेहें तमुले पाँचौं कार्य समिति सही योजनाका साथ अघि बढिरहेको बताउदै संघका पूर्व अध्यक्ष सोम त्होर्जेलगायतको समूहले एभरेस्ट म्याराथुन दौडेर अर्थ संकलन गरेको र आमा समूहले पनि उत्तिकै सहयोग पु¥याउदै आएकोमा खुसि प्रकट व्यक्त गरे ।
कार्यक्रममा संघका अध्यक्ष मेजर खुसीमान ल्हेंगे तमुले निश्चित समयमा प्रस्तुत् एजेण्डामा छलफल गर्नुपर्नेमा जोड दिदै संघलाई समय अनुसार परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिए ।
संघका अध्यक्ष मेजर खुसीमान ल्हेंगें तमु एमभिओको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संघका प्रथम उपाध्यक्ष रनबहादुर टु क्ल्हेप्रीले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिएका थिए भने सचिव खेम बहादुर सर्बुजा तमुले कार्यक्रम संचालन गरेका थिए ।्् विश्व नेपाली साहित्य महासंघ साउथ युकेको अध्यक्षमा जानुका राई
एटा सम्वाददाता
लन्डन । विश्व नेपाली साहित्य महासंघ साउथ युके च्याप्टरको प्रथम अधिवेशन ३१ मार्चका दिन सम्पन्न भएको छ ।
अधिवेशनले सर्वसम्मतिबाट जानुका राईको नेतृत्वमा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ । ु
नयाँ कार्यसमितिको उपाध्यक्षमा करिष्मा घम, थिर थापा महासचिव, सन्ध्या गुरुङ सचिव पदमा चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा बिसी राई, लाहाङ चेम्जोङ, सल्लाहकारमा औतारी साइँला, घनबहादुर थापामगर, विश्वासदीप तिगेला, सुरेन्द्र इङ्नाम, गणेश पुन, शिवकुमार राई चुनिए ।
निवर्तमान अध्यक्ष विजय हितानलाई संस्थाको संमक्षक बनाइएको छ । प्रथम बैठकसम्ममा कार्यसमिति विस्तारले पूर्णता पाउने छ ।
कार्यक्रममा स्वर्गीय साहित्यकार ईन्द्रबहादुर राईप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले स्व. ईन्द्रबहादुर राईको जीवनी र उनको साहित्यिक सिर्जनाप्रति प्रकाश
पारेका थिए ।
अनि बिनेसाम साउथ युके २०१७को उत्कृष्ट शाखा भएको घोषणा पनि गरेका थिए । अनि करिष्मा घमको ‘दुई किनारा’ कवितासङ्ग्रह विमोचन गरिएको थियो ।
बिनेसाम साउथ युके मार्च महिनामा पर्ने अर्थ आवरलाई पारेर २०१६ मा विजय हितानको अध्यक्षतामा स्थापना गरिएको थियो । स्थापनापछि दुई वर्षभित्र ३०, ४० जना सहभागी कविता गोष्ठी, एकल कविता वाचन साथै साङ्गीतिक साँझदेखि पाँच सय मानिसहरु सहभागी गीति एल्बम विमोचनजस्ता पच्चीसभन्दा बढी कार्यक्रमहरु सो संस्थाले आयोजना गरेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा स्रष्टाहरुले वातावरणीय सिर्जनाहरू वाचन गरेका थिए । सिर्जना सुनाउनेहरुमा घनबहादुर थापामगर, करिष्मा घम, विश्वासदीप तिगेला, थिर थापा, जानुका राई, दिनेश पौड्याल, वासु शर्मा, सेमन्त राई, दिलबहादुर पालुङ्वा, शंकर घिमिरे, लाहाङ चेम्जोङ, बिसी राई, गणेश पुन, गोपाल शाही पथिक, औतारी साइँला, विजय हितान थिए ।






