अफगान सुरक्षाकर्मीको शिविरमा तालिवान समूहको आक्रमण, १९ प्रहरीको मृत्यु

SHARE:

कुन्दुज, अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन् ।

विद्रोहीले आगामी हप्ता देखि लागू हुने गरी युद्धविराम गरेको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

घटनाको तालिवान समूहले जिम्मेवारी लिइसकेको छ । तालिवानी विद्रोहीले एक दिन पहिले पनि पश्चिमी प्रान्त हेरातमा आक्रमण गर्दा १७ सैनिकको मृत्यु भएको थियो ।

कुन्दुजका प्रान्तीय सरकार प्रमुख नेहमातुल्लाह तैमुरी दिएको जानकारीमा भनिएको छ, “शनिबार शिविरमा भएको आक्रमणमा १९ प्रहरीले शाहदत प्राप्त गरेका छन् भने कम्तीमा पाँच प्रहरी घाइते भएका छन् ।”

प्रहरीका प्रान्तीय प्रवक्ता इन्हामुद्दिन रहमनीले प्रहरीतर्फको मृतक सङ्ख्या १९ भएको पुष्टि गर्दै घटनामा आठ तालिवान लडाकूको पनि मृत्यु भएको बताए ।

तालिवान विद्रोही समूहले शनिबार भएको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै मुस्लिमहरूको पवित्र पर्व रामादानको २७ औँ दिनदेखि इद उल फित्रको पाँचौं दिन (यही जुन १२ देखि १९ सम्म) युद्धविराम लागू हुने जनाएको अफगानी राष्ट्रपति असरफ घानीले ट्वीटरमार्फत जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!