भोटेकोशी बाढीपीडितका लागि एनआरएनए अभियानमा ७ करोड रुपैयाँ संकलन

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भोटेकोशी–रसुवा बाढी राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत हालसम्म ७ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।

गत भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावितका लागि सुरु गरिएको अभियानमा पूर्वप्रतिबद्धताअनुसार सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको एनआरएनएले जनाएको छ। वित्तीय प्रतिवेदनअनुसार अभियानका लागि कुल ९ करोड ३९ लाख ६६ हजार २२६ रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएकोमा हालसम्म ७ करोड १० हजार ६२१ रुपैयाँ संकलन भएको छ।

यसै अभियानको ४३औँ दिन रसुवाको उत्तरगया–४ का ८० बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फिलिपिन्स, नेपाल डेभलपमेन्ट एकेडेमी (एनडीए) र स्टिचिङ नेपाल फन्ड, नेदरल्यान्ड्सको सहयोगमा भान्सामा प्रयोग हुने सामग्री, ग्यास चुलो, ग्यास सिलिन्डर, प्रेसर कुकरलगायतका राहत सामग्री उपलब्ध गराइएको हो।

महिला संयोजक रश्मी थापा, फिलिपिन्सका कोषाध्यक्ष प्रेम लामा, सदस्य इभान अमात्यलगायतको टोलीले रसुवा पुगेर उत्तरगया–४ का वडाध्यक्ष अमर बुलनलाई राहत सामग्री हस्तान्तरण गरेको थियो। त्यसपछि उक्त सामग्री बाढी प्रभावित परिवारलाई प्रत्यक्ष वितरण गरिएको हो।

अभियानमा विभिन्न देश तथा क्षेत्रबाट सहयोग प्राप्त भएको छ। सबैभन्दा बढी बेलायतबाट ५३ लाख ४३ हजार २४४ रुपैयाँ २५ पैसा, कतारबाट ४६ लाख ६ हजार ८८३ रुपैयाँ, अष्ट्रेलियाबाट ३१ लाख १ हजार ५८१ रुपैयाँ ७६ पैसा, जापानबाट २८ लाख ८७ हजार रुपैयाँ र क्यानाडाबाट २७ लाख ३ हजार ४०७ रुपैयाँ ५० पैसा संकलन भएको प्रतिवेदनमा उल्लेख छ।

एनआरएनएका अनुसार बाढीपीडितका लागि सहयोग रकम संकलन तथा राहत वितरणको अभियान निरन्तर जारी रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!