मगर संघ युकेद्वारा कलाकारहरुको बिदाइ

SHARE:

एटा संवाददाता
अल्डरसट । मगर संघ युकेले आयोजना गरेको ‘नेपाली ओपन कन्सर्ट’ का लागि नेपालबाट आएका कलाकारहरुको एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

गत आइतबार १० जुन बेलुकी अल्डरसटस्थित दि प्यालेसमा नेपालका वरिष्ठ गायक तथा गायिकाहरु सागर आले, विमलराज क्षेत्री, मिना लामा र प्रिति आलेलाई बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा उनीहरुले आयोजक र दर्शकहरुबाट अपार माया पाएको बताउँदै आयोजक प्रति धन्यवाद ज्ञापन गरे । त्यस्तै, संघका अध्यक्ष नेम थापाले यसपटक मौसम र कलाकार दुवैले साथ दिएको हुनाले कार्यक्रमले सफलता प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै कलाकारलगायत सबै सहयोगी हातहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम थापा, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, कार्यक्रम संयोजक उपाध्यक्ष बम थापा सूर्यवंशी, उपाध्यक्ष एवं सहसंयोजक अनिता राना, उपाध्यक्ष सीता पुन, कोषाध्यक्ष नेत्र आले, सांस्कृतिक सचिव तुलचन्द्र तिलिजा मगर, रुक आले, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी, मगर महिला र मगर संघ रसमुरलगायतले खादा लगाई बिदाइ गरेका थिए ।

मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बम थापा सूर्यवंशीले स्वागत मन्तव्य प्रकट गरेका थिए । महासचिव लालबहादुर पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!