नेपाली जनप्रतिनिधहरुको स्वागत तथा सम्मान

SHARE:

शिवशरण गुरुङ
लन्डन । तमु समाज युकेले नेपालबाट बेलायत भ्रमणमा आएका संघीय गणतन्त्र नेपालका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । लन्डनको वेम्बलीस्थित तमु समाज युके नेपालीज कम्युनिटी सेन्टरमा ६ जुनमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय लालकाजी गुरुङ, पदम गिरि र प्रदेशसभाका सदस्य ललितकला गुरुङलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी तथा उनका धर्मपत्नी गंगा गुरुङ जोशी र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।

तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय प्रतिनिधिसभाका सदस्य गुरुङ, गिरि, प्रदेशसभा सदस्य गुरुङ, कुस्मा नगरपालिकाका मेयर जोशी तथा उनका श्रीमती जोशी र जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई समाजका अध्यक्ष शिवचन्द्र, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विन्दु घले र निवर्तमान अध्यक्ष माया गुरुङले खादा, पुष्पगुच्छा, दोसल्ला र मायाको चिनोस्वरुप तमु समाज युकेको प्ल्याक प्रदान गरी स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा तमु समाजका पूर्बअध्यक्ष शिवशरण गुरुङले संस्थाको बारेमा जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालक निरज गुरुङले सबै अतिथिहरुको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा हेल्थ र सेफ्टीसम्बन्धी कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष शिवकुमार गुरुङले जानकारी दिएका थिए । धन्यवाद मन्तव्य समाजका अध्यक्ष शिवचन्द्र गुरुङले राखेका थिए । कार्यक्रममा उपस्थित तमु समाज यकेका पूर्वअध्यक्ष शिवशरण, निवर्तमान अध्यक्ष अर्जुनकुमारलगायत सल्लाहकार, कार्यसमितिका विभिन्न पदाधिकारी, आमा समूह, आजीवन सदस्यहरु, तनहुँ समाज युकेका अध्यक्ष लेखबहादुर गुरुङ र चार भन्ज्याङ युकेका उपाध्यक्ष बेनकुमार गुरुङले पनि खादा लगाई सबै अथितिगणहरुको स्वागत तथा सम्मान गरेका थिए ।

सो अवसरमा बेलायतको राजधानी लन्डनमा तमु समाज युकेले गरेको भव्य स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा सबै अतिथिहरुले अत्यन्त खुसी व्यक्त गर्दै तमु समाज युकेलाई आभारसहित हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । मन्तव्य राख्नेक्रममा सबै अतिथिहरुले नेपालको वर्तमान राजनैतिक अवस्था र समसामयिक विषयबस्तु बारेमा जानकारी गराउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सहभागी बनी सहयोग गर्न सबै बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका थिए ।

अत्यन्तै सौहार्द तथा पारिवरिक वातावरणमा सम्पन्न औपचारिक कार्यक्रम समापनपछि सम्पूर्ण अतिथिगण तथा उपस्थित महानुभवहरु रात्रिभोजमा सरिक भएका थिए ।
कार्यक्रमको फोटोग्राफी युवा समूहका अध्यक्ष ओमकार गुरुङ र अमित गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!