‘नेपाली ओपन कन्सर्ट’ ले फानबोरो स्टेडियम संगीतमय

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपाली समुदाय बेलायतमा लोकप्रिय ‘नेपाली ओपन कन्सर्ट’ सम्पन्न भएको छ । ‘म्यूजिक फर युनिटी’ नाराका साथ गत ९ जुन शनिबारका दिन फार्नबोरोस्थित फार्नबोरो फुटबल स्टेडियममा विविध सांगीतिक कार्यक्रमका साथ कन्सर्ट सम्पन्न भएको हो । मगर संघ युकेले सन् २००७ बाट आयोजना गर्दै आएको सो ओपन कन्सर्टमा नेपालबाट आमन्त्रित लोकप्रिय युवा गायक सागर आले, लोकगायक विमलराज क्षेत्री, गायिका प्रिती आले र मिना लामाले फार्नबोरो स्टेडियमलाई नेपाली संगीतमय बनाए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यता र रसमोर बरो काउन्सिलकी उपमेयर सु काटर विशेष अतिथि रहेको कन्सर्टमा कार्यक्रम संयोजक एवं मगर संघ युकेका उपाध्यक्ष बमबहादुर थापा
(सूर्यवंशी) ले स्वागत मन्तव्य दिएका थिए । दिउँसो २ बजे सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूत डा. सुवेदीले आफूहरु बेलायतमा नेपाली सभ्यता, शिष्टता, इमान्दारिता, पहिचान र गौरव बचाउने अभियानमा रहेको बताउँदै नेपालको माटोसँगको सम्बन्धलाई बिर्सन नहुने बताए । विशेष अतिथि उपमेयर काटरले बृहत् नेपाली सांगीतिक कार्यक्रममा उपस्थित हुन पाएकोमा खुसी व्यक्त गर्दै निमन्त्रणाका लागि धन्यवाद दिइन् । त्यस्तै, अध्यक्ष नेम थापाले सबैको साथ र सहयोगका कारण सांगीतिक कार्यक्रम सफल भएको बताए ।

बेलायतमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा मगर संघ युकेको मुखपत्र “कानुङ लाङ्घा” को संस्करणलाई विमोचन गरिएको थियो । मगर संघ युकेकी उपाध्यक्ष अनिता रानाको संयोजकत्वमा प्रकाशन भएको मुखपत्रलाई प्रमुख अतिथि डा. सुवेदी, अध्यक्ष नेम थापा, एनआरएनए आईसीसी सदस्य शान्ति थापा, एनआरएनए युके अध्यक्ष योगकुमार फगामी, संयोजक अनिता राना, उपाध्यक्ष सीता पुन, पूर्वअध्यक्ष दुत पुन, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर र गीतकार भावेश भुमरीलगायत सम्पादक मण्डलले संयुक्त रुपमा विमोचन गरेका थिए । गुल्मेली नौमती बाजाले पाहुनाहरुलाई स्वागत गरिएको कन्सर्टमा नेपालबाट आएका वरिष्ठ कलाकार र स्थानीय कलाकारहरुलाई खादा लगाई स्वागत प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

कन्सर्टमा मगर संघ केन्ट शाखाले ‘डाँडा र काँडा हिमाल..’ बोलको गीतमा, वेम्ली शाखाले ‘जुनजस्तै झलल’ बोलको गीतमा, तमु समाज युकेले ‘उही खोलीको पानी.’ बोलको गीतमा र फेबी राईले आकर्षक नृत्य प्रस्तुत् गरेका थिए । मिस युके नेपाल सिर्जना गुरुङले राफल ड्र सञ्चालन गरेको कार्यक्रममा लोकगायक विमलराज क्षेत्री, मिना लामा र प्रिति आलेको प्रत्यक्ष दोहोरीले भरपूर मनोरञ्जन प्रदान गरे । मौसमको समेत साथ रहेको कन्सर्टमा राष्ट्रियस्तरका कलाकारहरुको गीतमा नझुमेका दर्शक कमै थिए ।

युवाहरुको मनोरञ्जनका लागि छुट्टै सांगीतिक स्थलसमेत व्यवस्था गरिएको कार्यक्रममा युवाहरुले आ–आफ्ना प्रस्तुति दिएका थिए । सुरक्षालाई विशेष ध्यान दिइँदै स्टेडियमका १४ जना कर्मचारी र २० एसआईए होल्डर सेक्युरिटीको व्यवस्था मिलाइएको थियो । त्यस्तै, कार्यक्रममा टाढा टाढाका दर्शकहरुलाई बस सेवा र कार पार्किङ्गको विशेष व्यवस्था मिलाइएको थियो । मगर संघ युकेका सबै शाखाको सहकार्य र सहभागिता रहेको कन्सर्टमा करिब ४ हजार जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा ३ वटा खाना स्टलसहित १७ वटा व्यापारिक स्टल थिए । मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव लालबहादुर पुनले सञ्चालन गरेका थिए भने कल्चरल सेक्रेटरी तुलचन्द्र तिलिजा पुन, यम थापा र जानकी पुनले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!