एटा संवाददाता
अल्डरसट । नेपालमा ५१ औं दिनसम्म सफलतापूर्वक प्रदर्शित नेपाली चलचित्र ‘लीलीबीली’ बेलायतमा पनि प्रदर्शन गरिने भएको छ ।
आगामी २२ जुलाइका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन हुन लागेको हो । सो चलचित्र प्रदर्शनको व्यवस्थापन संयुक्त अधिराज्य बेलायतका क्रियाशील सपन इन्टरटेंनमेन्टले गर्नेछ । बेलायतको स्कटल्यान्डमा छायांकन गरिएको चलचित्रमा युके डान्स अफ विजेता जसिता गुरुङ, प्रियंका कार्की र प्रदीप खड्काको विशेष भूमिका छ ।
गोविन्द शाही र सुदीप खड्काको निर्माणमा बनेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।
बेलायतमा दर्शकहरुबीच ड्रिम्स र क्री जस्ता सफल चलचित्रहरु प्रदर्शन गरिसकेको इन्टरटेंनमेन्टले लीलीबीलीलाई पनि यहाँका विभिन्न ठाउँमा प्रदर्शन गर्दै लैजाने इन्टरटेन्मेन्टका सपन राईले जानकारी दिए ।






