तमु प्ये ल्हु संघ युके आमा समूहद्वारा वेल्स भ्रमण

SHARE:

मिलन तमु
अल्डरसट । तमु प्ये ल्हु संघ युके आमा समूहले हालै वेल्सको ब्रेक्रनको भ्रमण गरेका छन् । उनीहरु तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभिओ र मञ्जु गुरुङ तथा तमु प्ये ल्हु संघ युके वेल्सका आजीवन सदस्यहरुको निमन्त्रणामा गत १६ जुन शनिबार बेक्रन भ्रमण गएका थिए । सो अवसरमा वेल्सस्थित मेजर गुरुङको भवनमा उनीहरुलाई स्वागत गरिएको थियो ।

युकेभर छरिएर रहेका आमा तथा बाबाहरुको सहभागिता रहेको भ्रमण टोलीले तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभिओ तथा मञ्जु गुरुङ, आइत गुरुङ, ओम गुरुङ, मनोज गुरुङ, राजु गुरुङ र धिर गुरुङलगायतलाई सम्मान गरेका थिए । अध्यक्ष मेजर गुरुङले आमा समूहले गर्दै आएका विभिन्न रचनात्मक कार्यहरुको प्रशंसा गर्दै धन्यवाद दिए ।

आमा टोलीले गीत तथा नृत्य प्रस्तुत् गरी मनोरञ्जन समेत गराएको भेटघाटमा वेल्सवासी तमुहरुको तर्फबाट नगद उपहार दिएका थिए । सो अवसरमा मेजर गुरुङले खाना र अन्य सदस्य तथा गोर्खा इनले पिय पदार्थ व्यवस्था गरेका थिए । टोलीमा सहभागी करिब ७० जना ब्रेकन क्षेत्रका रमणीय स्थलहरुको भ्रमण गरी सोही साँझ घर फर्केका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!