काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ मा अन्तिम प्रतिस्पर्धीहरु छानिएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा टीम राजुबाट बागलुङकी तारा श्रीष मगर, टीम प्रमोदबाट किरण गजमेर टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला राई ग्राण्ड फिनालेमा प्रवेश गर्नुभएको हो । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो ।
एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उहाँहरुलाई भोट गरेका थिए ।
शनिबारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनुहुनेछ । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नुहुनेछ ।






