फेरि लन्डनमा क्रिकेट खेल्दै नेपाली क्रिकेट टिम

SHARE:

एटा संवाददाता
लन्डन । दुइ वर्षपछि नेपाली क्रिकेट टिमले लन्डनस्थित लर्डस् क्रिकेट मैदानमा फेरि क्रिकेट खेल्ने भएको छ ।

नेपाली टिमले आगामी जुलाई २९ का दिन एमसीसी र निदरल्यान्डसँग एकदिने मैत्रीपूर्ण खेल खेल्न लागेको हो । सो खेलमा नेपालीहरुको कसरी बाक्लो उपस्थिति गराउन सकिन्छ भन्ने बारेमा गत जुन १५ शुक्रबार साँझ नेपाली राजदूतावास लन्डनमा छलफल गरिएको थियो ।

छलफलमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सो खेल राष्ट्रिय गौरव र प्रतिष्ठासँग जोडिएको हुँदा दूतावासतर्फबाट पूर्ण सहयोग रहने आश्वासन दिए । उनले खेलाडीहरुले क्वालिटी र हामी सबै नेपालीहरुले क्वान्टीटी र एकता देखाउनु पर्नेमा जोड दिए । त्यस्तै, खेलमा बढी भन्दा बढी नेपाली दर्शक सहभागी गराउन स्वयंसेवी संयोजकको भूमिका निभाइरहेका सिद्धार्थविक्रम क्षेत्री र प्रशान्त कुँवरले नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध २०० वर्ष पुगेको अवसरमा दुइ वर्षअघि एमसीसीसँग एक दिने मैत्रीपूर्ण खेल सोही मैदानमा भएको स्मरण गर्दै यसपटकको खेलले नेपाली टिमलाई माथि उकास्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

नेपाली दूतावास लन्डनका कर्णेल कुमार बाबु थापा क्षेत्री, थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे र तेजेन्द्र रेग्मीलगायत दूतावासका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

छलफलमा मगर संघ युकेका अध्यक्ष नेम थापा, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वअध्यक्ष लोक गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, गे्रटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, एनआरएनए आईसीसी सदस्य शान्ति थापा, एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले, पूर्वअध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए महासचिव राजकुमार त्रिपाठी, तमुधिं युकेका पूर्वअध्यक्ष कमल गुरुङ, सुर्जे (रामचन्द्र) गुरुङ, महासचिव कृष्णप्रसाद गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ र खेलकुद सचिव क्याप्टेन पीताम्बर गुरुङलगायतले सो खेलका दिन नेपालीहरु सहभागी गराउनेबारे विभिन्न सुझाव दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!