प्यालेस्टाइन शरणार्थीहरुको जीनवस्तर उकास्न ठूलो धनराशी आवश्यक पर्छ : राष्ट्रसंघ

SHARE:

एजेन्सी असोज १६ ।

संयुक्त राष्ट्रसंघले प्यालेस्टाइन शरणार्थीहरुको जीवनस्तर उकास्न ठूलो धनराशीको आश्यकता रहेको जनाएको छ ।

राष्ट्रसंघको शरणार्थी सहायता कोषले लामो समयको द्वन्द्वमा परेको प्यालेस्टाइनका सर्वसाधारणको सहायताका लागि सो सहयोग आवश्यक रहेको जनाएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि अमेरिकाले उपलब्ध गराउँदै आएको सहायता कटौती भएपछि शरणार्थीहरुको सहायतामा समस्य भएको जनाएको छ ।

राष्ट्रसंघका अधिकारीहरुले प्यालेस्टाइनमा, शिक्षा स्वास्थ्य र सामाजिक सेवाका लागि सो सहायता आवश्यक रहेको बताएका छन् । पयालेस्टाइन शरणार्थी कोषले आगामी हप्ता ब्रसेल्समा हुने भनिएको सम्मेलनमा एक वर्षका लागि आवश्यक सहायता रकम माग गर्ने बताइएको छ । सो कोषले प्यालेस्टाइनमा रहेका विद्यालय पुननिर्माण र बालबालिकाको शिक्षा र स्वास्थ्यमा सो रकम खर्च गर्ने जनाएको छ।

यस्तै रशणार्थी र उनीहरुको परिवालाई सहायता गर्न सो रकम खर्च गर्ने अधिकारीहरुले जनाएका छन् । प्यालेस्टाइनी क्षेत्र, जोर्डन र लेबनानमा ५० लाख भन्दा बढी प्यालेस्टाइनीहरुलाई सहयोग गर्दै आएको सो एजेन्सीले यस वर्ष एक सय मिलियन डलर खर्च गर्ने योजना रहेको जनाएको छ ।

ट्रम्प प्रशासनले सन् २०१८ पनि प्यालेस्टाइनीहरुलाई दिँदै आएको सहायता कटौती गरेसँगै समस्या भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रपति जो वाइडेनले इजरायल प्यालेस्टाइनबीचको विवाद समाधान गर्ने र आर्थिक सहायता पनि गर्ने अमेरिकाको चाहना रहेको बताउँदै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!