लोकप्रिय लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

SHARE:

काठमाडौं । लोकप्रिय लोकदोहोरी गायिका तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी निवर्तमान अध्यक्ष रीता थापा मगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला (खुला) तर्फको केन्द्रीय सदस्य पदमा थापा मगर २ हजार ३०८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।

निर्वाचित भएपछि थापाले आफूलाई विश्वास गरेर मतदान गर्ने महाधिवेशन प्रतिनिधि, पार्टीका नेता, अग्रज व्यक्तित्व, शुभेच्छुक तथा समर्थकप्रति आभार व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै प्राप्त विश्वासलाई आफ्नो शक्ति, प्रेरणा र जिम्मेवारीका रूपमा लिएको बताएकी छन्।

आफ्नो राजनीतिक तथा सांस्कृतिक यात्राको आधारभूमि धादिङ र कर्मभूमि पाल्पालाई विशेष रूपमा स्मरण गर्दै उनले दुवै क्षेत्रबाट प्राप्त साथ, सहयोग र सद्भावप्रति सम्मान व्यक्त गरेकी छन्।

राजनीति र सांस्कृतिक क्षेत्रका जिम्मेवारीलाई सन्तुलित गर्दै पार्टीको सुदृढीकरण, महिला सशक्तीकरण तथा नेपाली कला, संस्कृति र लोकसङ्गीतको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।

थापाले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने सबैको साझा विश्वासका रूपमा लिएको बताएकी छन्।

‘तपाईंहरूको विश्वास मेरो शक्ति हो, तपाईंहरूको अपेक्षा मेरो जिम्मेवारी हो र जनताको सेवा मेरो निरन्तर प्रयास हुनेछ,’ उनले भनेकी छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!