बेलायतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाखसम्म पुग्ने

SHARE:

लण्डन कात्तिक ४ ।

बेलायतमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् ।

बुधबार साँझको कोरोना अपडेट प्रेस ब्रिफिंगमा संक्रमण दर तीव्र रुपमा बढ्दै गएपछि स्वास्थ्यमन्त्री जाविदले संक्रमण फैलिन नदिन सम्भव भएसम्म आउटडोर मिटिंग गर्न आग्रह गरेका छन् । यदि घरभित्र मिटिंग गर्न परे झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न पनि अनुरोध गरेका छन् । साथै प्रत्येक हप्ता ‘रयापिड टेष्ट’ गर्न पनि उनको सुझाव छ ।

विगत आठ दिनदेखि दैनिक संक्रमित संख्या ४० हजार भन्दा माथि रहँदै आएको बेलायतमा पछिल्लो २४ घन्टामा ४९ हजार १३९ जना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । गत जनवरीमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा दैनिक संक्रमित संख्या ५० हजार भन्दा माथि थियो । संक्रमित संख्याको सबैभन्दा उच्चतम बिन्दु ८ जनवरीमा ६८ हजार ५३ पुगेको थियो । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ८५ लाख ८९ हजार ७३७ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १७९ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अघिल्लो दिन सात महिनायताकै सबैभन्दा बढी २२३ जनाको मृत्यु भएको थियो । थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार नाघेको छ । कोरोना संक्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकैदिन एक हजार ८२० जनाको मृत्यु भएको थियो ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५।९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात ७८।९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!