बेक्स्ली नेप्लिज कम्युनिटीको अध्यक्षमा विजय

SHARE:

एटा संवाददाता
लन्डन । बेक्स्ली नेप्लिज कम्युनिटी युकेको अध्यक्षमा विजय गुरुङ चयन भएका छन् । उनी गत ९ जुन शनिबारका दिन सम्पन्न समाजको वार्षिक भेलाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा श्रीप्रसाद गुरुङ, उमा गुरुङ र बिन्दु गुरुङ, महासचिवमा हरिश ज्ञवाली, सचिवमा केदार थपलिया, कोषाध्यक्षमा सञ्जिव सुवेदी, सहकोषाध्यक्षमा कमल गुरुङ चयन भएका छन् । त्यस्तै, विमला शर्मा धरेल, सुष्मा ढुंगाना, विजिता गौतम, एलिना श्रेष्ठ, प्रकाश गुरुङ, हिमाल गुरुङ, दिपेन्द्रद्रसिटौला, पंकज पौडेल, होमनाथ ज्ञवाली र टेकबहादुर थापा सदस्यमा चयन भएका छन् । उनीहरुलाई निर्वाचन संयोजक दीपक गौतमले शपथग्रहण गराएका थिए । दीपक गौतमको संयोजकत्वमा रहेको निर्वाचन कमिटीमा रोशन गुरुङ र बजिन्द्रद्रमल्ल सदस्य थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं स्थानीय कम्युनिटी तथा हाउजिङ मन्त्री जेम्स ब्रोकनसायरले खादा लगाई सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा निर्वाचित अध्यक्ष विजय गुरुङले निवर्तमान कमिटीलाई धन्यवाद दिँदै आफ्नो टिमले सबै जनाको साथ र सहयोग लिएर अघि बढ्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि ब्रोकनसायरलगायत डेपुटी मेयर जोन डेभे तथा श्रीमती डेभे, काउन्सिलर भाल क्लार्क, काउन्सिलर ब्रेन्डा लङस्टिड, डार्टफोर्ड नेपाली समाजका उपाध्यक्ष गजेन कटुवाल, रोयल ग्रिनविच नेप्लिज सोसाईटीका अध्यक्ष हरिगोविन्द गुरुङ र साउथ इस्ट क्षेत्रीय तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्रद्रगुरुङको उपस्थिति रहेको थियो ।

भेलालाई कम्युनिटीका संस्थापक अध्यक्ष केशबहादुर गुरुङ, अध्यक्ष विजय गुरुङ, प्रमुख अतिथि मन्त्री ब्रोकनसायर, उपमेयर डेभे र उपाध्यक्ष शिवराम गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।
सो क्षेत्रका नेपालीहरुको बाक्लो उपस्थिति रहेको भेलामा प्रमुख अतिथि मन्त्री ब्रोकनसायरले, आफ्नो क्षेत्रमा नेपालीहरु विस्तार भएकोमा खुसी व्यक्त गरे भने उपमेयर डेभेले न्यानो आतिथ्यका लागि धन्यवाद दिए । त्यस्तै, काउन्सिलर भाल क्लार्कले नेपाली समुदाय आफ्नो समुदायको अभिन्न अंग भएको बताउँदै नवनिर्वाचित कमिटीलाई सफलताको शुभकामना दिए ।

कार्यक्रममा विभिन्न विषय र तहमा शैक्षिक उपलब्धि हासील गरेका विमला शर्मा धरेल (मास्टर्स), डा. दिना बस्तोला (एमबिबिएस), दिवश बस्तोला (बि हन्स), निता गुरुङ (अडल्ट नर्सिङ), पंकज पौडेल (बिएस्सी कम्प्युटर) र संस्कृति ज्ञवाली र श्रीजा सापकोटा (११ कक्षा) लाई सम्मान गरिएको थियो ।

विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको भेलामा सुष्मा डुंगाना, उमा गुरुङ, हेबिना सेढाई, प्रान्सु ढुंगानाले नृत्य र माया गुरुङ, वासु शर्मा र केशवप्रसाद रुपाखेतीले कविता वाचन, विमला शर्मा धरेल र विमला सापकोटा सेढार्इंले गीत प्रस्तुत् गरेका थिए । कुल गुरुङ, विष्णु गुरुङ, मिना गुरुङ, एलिशा श्रेष्ठ, एलिसा खत्री, अपेक्षा कार्कीको नृत्य, हेभिना सेढाई, कृतिका भट्टराई र शिवराम गुरुङले नृत्य प्रस्तुत गरेका थिए । सो सांस्कृतिक कार्यक्रम शिवराम गुरुङ बिईएमले अति मनोरन्जनात्मक ढंगले सञ्चालन गरेका थिए ।

संस्थाको दसौं वार्षिकोत्सव समेत मनाइएको कार्यक्रममा कम्युनिटीका संस्थापक अध्यक्ष केशबहादुर गुरुङले संस्थाको गतिविधिबारे जानकारी दिँदै आफ्नो कमिटीलाई धन्यवाद दिए भने नवनिर्वाचित कमिटीलाई शुभकामना दिए । त्यस्तै, उनले खानपिन र टिकटमा सहयोग गरेका भोजबहादुर गुरुङ, टंक गुरुङ, कमल गुरुङ, हिमाल गुरुङ, विराज गुरुङ र शिवराम गुरुङलगायत सम्पूर्ण प्रायोजक तथा अतिथिहरुलाई धन्यवाद दिए ।
कम्युनिटीका संस्थापक अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शिवराम गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव आनन्द धरेल र निबेदिता गौतमले औपचारिक कार्यक्रम सञ्चालन गरेको नवनिर्वाचित अध्यक्ष विजय गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!