लन्डन अक्टोबर २७ । बीसीसी यूके लन्डन ब्रान्चमा नयाँ कार्यसमिति चयन भएको छ | गत आइतबार २४ अक्टोबरका दिन फेल्थम कम्युनिटी कलेजमा भएको तेस्रो साधारणसभाबाट गोपाल तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै आमा समूहकी अध्यक्षमा दिलमाया गुरुङ चयन भएकी छन् ।
पहिलो सत्रमा अघिल्लो कार्यसमितिका महासचिव मोहनजङ गुरूङले हेल्थ अनि सेफ्टीको जानकारी दिँदै कोभिड १९ मा देहान्त भएका ३ जना ट्रस्टीजहरुको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । उपाध्यक्ष राजबहादुर गुरुङको स्वागत मन्तव्यपछि अध्यक्ष गमर सिङ घलेले आफ्नो कार्यकालभित्र कार्यसमितिलगायत बीसीसी यूकेका कार्यसमितिलगायत लन्डनवासी सम्पूर्ण ट्रस्टिजहरुले दिएको योगदान विशेष समय पूजादेखि लिएर सम्भोटा कक्षा, जुममार्फत विभिन्न देशबाट उच्च तहका रिन्पोछे गुरुहरुद्वारा बुद्ध वचन देशना गर्ने सुअवसर मिलाई बीसीसी यूके लण्डन ब्रान्चको नाम उच्च राखेकोमा आमा समूहका अध्यक्ष अन्तिम गुरुङलाई बधाई दिएका थि ।
महासचिवको वार्षिक प्रतिवेदन सुनाएपछि कोषाध्यक्ष गोपाल तामाङले वार्षिक आयब्यय प्रस्ट पार्दै सबैलाई ट्रस्टी मेम्बर बनिदिएर गुम्बा घर किन्ने आश्वासन दिए | यसरी नै आमा समूहकी सह कोषाध्यक्ष शर्मिला तामाङ B ले आमा समूहको आर्थिक विवरण दिएका थिए ।
आमा समूहकी अध्यक्ष अन्तिम गुरुङले आफ्नो कार्यकाल अति सफल भएको महसुस गर्दै मनेपा संघका आमा समूह अनि लन्डन इकाइका सम्पूर्ण मेम्बरहरुलाई धन्यवाद दिंदै आफूले गरेको प्रयासमध्ये कोभिड १९ को परिस्थितिलाई मध्यनजर गरी खेँरिन्पोछे न्यिमा सिंगे गुरुद्वारा भाइबर जुमको माध्यमबाट सम्भोटा अक्षर सिक्ने, चोद् को पूजाको सामाग्रीहरु नेपालबाट मगाएर सामूहिक रुपमा गुरुबाट लुङ आगम लिएर पूजा सफल भएको स्मरण गराए | आमा समूहकी संस्थापक अध्यक्ष कमला गुरुङले लन्डन इकाइको एकता र प्रगतिको प्रशंसा गरे ।
दिउँसोको भोजनपछि दोस्रो सत्रमा अध्यक्ष गमर सिङ घलेले दोस्रो कार्यसमिति विघटन भएको जानकारी दिएपछि निर्वाचित आयोगलाई जिम्मेवारी दिए । निर्वाचन आयोगका प्रमुख लेफ्टिनेन्ट नारायण प्रसाद गुरुङले निर्वाचनका केही नियमहरुलाई पालना गर्नु पर्ने र पुरानो कार्यसमितिले धेरै सफलता गरेकोमा बधाई दिंदै तेस्रो कार्यसमितिको नामावली सुनाए ।
इकाइलाई हौसला दिन सेन्टरबाट निवर्तमान अध्यक्ष नरेश गुरुङ अनि श्रीमती, मेजर खुशीमान अनि आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ, उपाध्यक्ष हर्क गुरुङ आमा समूहको उपाध्यक्ष जगना गुरुङ, उपाध्यक्ष रबिन गुरुङ, महासचिव क्या देब घले अनि बीसीसी यूके आमा समूहकी महासचिव तुल्सी घलेको उपस्थिति थियो ।
अन्तमा निर्वाचित अध्यक्ष गोपाल तमाङ र निर्वाचित आमा समूहकी अध्यक्ष दिलमाया गुरुङले सल्लाहकारहरुलाई खादाले सम्मान गर्दै नयाँ अध्यक्ष गोपाल तामाङद्वारा सो दिनको सभा बिसर्जन गरेका थिए ।






