टनब्रिज समर कार्निभलमा नेपाली समूह दोस्रो स्थान

SHARE:

ओम थापा काउचा
केन्ट । प्रत्येक वर्ष केन्टमा आयोजना हुने टनब्रिज समर कार्निभलमा नेपाली समूहले दोस्रो स्थान हासिल गरेको छ । गत १७ जुनका दिन केन्टस्थित टनब्रिजमा आयोजना गरिएको कार्निभलमा विभिन्न व्याण्डहरुबीच प्रथम नौमती बाजा गुल्मी युकेले दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो । टनब्रिज नेपाली कम्युनिटी बाक्लो उपस्थिति र नौमती बाजा समूहको उत्कृष्ट बाजाले बिजयी भएको हो ।

४० भन्दा बढी समुदायका करीब ४५ हजार जनाको सहभागिता रहेको सो टनब्रिज समर कार्निभलमा नौमती बाजा एउटा भिन्न आकर्षण थियो । सडकमा लामबद्ध हजारौं जनाले नौमतीको तालमा रम्दै तालीले स्वागत गरिरहँदा नेपाली हुनुमा साँच्चिकै गर्व लागेको बताउँछन्, नौमती बाजाका प्रमुख संयोजक ओम थापा ।

स्थानीय मेयर काउन्सिलर पाम ब्याटस् र टनब्रीज लायन्स क्लब अध्यक्ष गोर्डन हिलको समेत बिशेष उपस्थिति रहेको सो कार्यक्रममा स्थानीय नेपाली समुदाय मौलिक भेषभूषा र नेपाली झण्डा तथा भूपू गोर्खाहरू मेडल गोर्खा हेट लगाएर र आर्मी पोशाकमा ठाँटिएर मार्चिङमा सहभागी भएका थिए । नेपाली कम्युनिटी टनब्रिज केन्टका अध्यक्ष लेप्टन मोहन राना, सचिव भेष थापा, कोषाध्यक्ष याम गुरुङ, मिडिया पिआर, दुर्गा बुढाथोकी लगायतको सहभागी रहेको थियो ।

नेपाली समाज टनब्रिज केन्टका महिला समूह अध्यक्ष मानु थापाको नेतृत्वमा रहेको दिदीबहिनीहरुको सामूहिक नाच र नवयुवाका अध्यक्ष बिकास रानाको नेतृत्वमा रहेको नानीहरूको परम्परागत नेपाली पोशाक र बाजागाजा सहितको मार्चपास निकै आकर्षक देखिएको थियो । टनब्रिज नेपाली कम्युनिटीको सहकार्यमा उक्त समूह सन् २०१० देखि नियमित सहभागी हुँदै आएको कार्यक्रममा नौमती बाजाले यसअघि लगातार तीन वर्षसम्म प्रथम स्थान हासिल गरेको थियो भने यसबर्ष दोस्रो भएको हो । यस बर्ष भने ईन्डियन कम्यूनिटीको सामुहिक डान्स र ढोलक ब्याड नौलो र रोचक भएकोले उनीहरू प्रथम भए ।

गोर्खा प्लानेट रेष्टुरेन्टका दिनेश महर्जन, दियाराम गिरी र केशबराज गिरीले नौमती बाजा समूहलाई निःशुल्क खानाको व्यवस्था गरेका थिए ।
सो नौमती समूहमा प्रमुख संयोजक ओम थापा काउचा, समुहका संयोजक तथा गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष टोप पल्ली, बिन भुजेल, लाल काउचा, थाम रोका, पदम गुरुङ, याम गलामी, क्या. रि. बिरबहादुर थापा, होमलाल राना र ईन्द्रद्रथापाको सहभागिता रहेको थियो ।

प्रथम नौमती बाजा गुल्मी युके समूहले बेलायतका कुनाकुनासम्म नेपाली संस्कृतिलाई प्रवद्र्धन गरिरहेको छ । सो समूहले गत ९ जुनमा अल्डरसटमा सम्पन्न दिन भिक्टोरिया डेमा प्रथम स्थान आउन सफल भएको थियो । त्यस्तै, समूहले आउँदो जुलाई ७ का दिन अल्डरसटमा सम्पन्न हुन लागेको नेपाल कप र आउँदो लन्डन मेला २०१८ मा पनि सहभागी हुने भएको छ । धेरैजसो स्थानमा निःशुल्क सेवा दिँदै आएका सो समूहका प्रमुख संयोजक थापाले ‘मौलिक कला संस्कृति प्रचार गर्न पाउनु र नेपालको पर्यटन प्रवद्र्धनमा केही टेवा पु¥याउनु पाउनु नै हाम्रो आम्दानी हो’ भने । त्यस्तै, समूहले गुल्मी जिल्ला समाज युकेसँग सहकार्य गर्दै नेपालका आशा अपाङ्ग केन्द्र तम्घास, गुल्मीका लागि आर्थिक संकलन गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!