लण्डन मंसिर ६ ।

संखुवासभा समाज युकेको अध्यक्षमा उत्तर सुन्दास निर्वाचित भएका छन् ।
समाजको बेलायतमा सम्पन्न आठौं अधिवेशनले उनको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।समितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष हेमकला गुरूङ राना, उपाध्यक्ष टेक कुलुङ, उपाध्यक्ष उत्तरबहादुर मगर, उपाध्यक्ष प्रकाश रावत, महासचिव कमल गुरूङ, उपमहासचिव रमेश राई, सचिव सोम श्रेष्ठ, कोषाध्यक्ष अमर राई, उप कोषाध्यक्ष लोकबहादुर अजम्बर घले र सह कोषाध्यक्ष राधा घले रहेका छन् ।
यसैगरी खाद्य पदार्थ सहप्रबन्धक सन्गेन राई, महिला संयोजक मिना रावत, कला साँस्कृतिक तथा मनोरञ्जन संयोजक प्रशान्त घले, युवा संयोजक सन्देस राना, युवा सहसंयोजक नयन गुरूङ, प्रमुख फोटोग्राफर बाबुराम गुरूङ, क्षेत्रीय संयोजक अल्डरसट शान्त माया गुरूङ चयन भएका छन् । समाजका अध्यक्ष नंनसिंह गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा ज्येष्ठ नागरिक बुद्धिमान राई प्रमुख अतिथी रहेका थिए ।
सभामा संखुवासभा समाज हङकङका वर्तमान सदस्य रुक्मिणी सोम्याहाङग लावती, संरक्षक विजय लिङथेप लगायतले बोलेका थिए । निर्वाचन समितिमा संयोजक प्रमख सल्लाहकार बसुन्धरा याक्खा राई, निर्वाचन सचिव सल्लाहकार टीका लोहोरूङ राई र सदस्यमा सल्लाहकार नरबहादुर तामाङ थिए । कार्यसमितिका सम्पूर्ण पदहरूमा निर्विरोध निर्वाचित भएको जानकारी निर्वाचन सचिव टीका लोहोरूङ राईले घोषणा गरेका थिए ।






