डा. देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त

SHARE:

एटा संवाददाता
अल्डरसट । गोर्खाली समाज युकेले स्वर्गिय डा. उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

गत आइतबार जुन २४ का दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजित श्रद्धाञ्जली सभामा डा. देवकोटोप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको हो । गोर्खा जिल्लामा जन्मिएका वरिष्ठ न्युरो सर्जन डा. देवकोटाको पित्तथैलीमा भएको क्यान्सरबाट ६५ वर्षको उमेरमा असमायिक निधन भएको हो ।

गोर्खाली समाज युके संरक्षक डा. राधव धितालले हजारौं बिरामीका ज्यान बचाएका डा. देवकोटाका बारेमा बोलेका थिए । त्यस्तै, कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङले डा. देवकोटालाई गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै उनी सबैको प्रेरणाका स्रोत भएको बताए ।

पूर्वप्रअ एवं समाजसेवी एकेन्द्र गुरुङले डा. देवकोटासँग आपूmले उपचार गराएको स्मरण गर्दै उनी सबैको मार्गदर्शक भएको बताए ।
गोर्खालीहरुको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा उपस्थित सबैले स्व.डा. देवकोटाको तस्बिरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । समाजका अध्यक्ष कर्ण दर्लामीको अध्यक्षतामा सम्पन्न सभा समाजका उपाध्यक्ष हेम गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!