गुल्मी जिल्ला समाज यूकेद्वारा च्यारिटी मार्फत करिब ९ लाख संकलन

SHARE:

लण्डन मंसिर २१ ।

गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसको अवशरमा च्यारिटी मार्फत करिब ९ लाख रुपैया संकलन गरिएको छ ।

हरेक बर्ष गर्दै आएको च्यारिटी मार्फत यस वर्ष ९ लाख रुपैयाँ संकलन गरिएको कोषाध्यक्ष वरुण भन्डारीले जानकारी दिए । कोषाध्यक्ष भन्डारीका अनुसार कार्यक्रमको लागि समाजका सदस्य र बेलायतस्थित नेपाली समाजका अभियन्ताहरुले अग्रिम रुपमै सहयोग गरेका थिए । संकलित रकमबाट विगतमा जस्तै केही रकम तम्घासस्थित आशा अपांग केन्द्रलाई सहयोग गरिने र बांकी रकम समाजका अन्य परोपकारी कार्यमा खर्चिने समाजले बताएको छ ।

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि कार्यवाहक राजदूत रोशन खनालले बेलायतमा च्यारिटी कार्यक्रम गरी नेपालमा अपांगता भएकाहरुलाई सहयोग गर्ने गुल्मी समाजको कार्य प्रशंसनीय रहेको बताइन् । उनले शारीरिक अपांगता भएका व्यक्तिहरुले पनि समाजमा उदाहरणीय योगदान पुर्‍याउन सक्ने भन्दै उनीहरुलाई उचित सम्मान र अवसर हुनुपर्ने धारणा राखिन् ।

विशेष अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहाले गुल्मी जिल्ला समाजले पुर्‍याएको योगदान बेलायतको नेपाली समुदायमै अग्रणी रहेको भन्दै एनआरएनएबाट सधैं साथ र सहकार्य रहने बताए । कार्यक्रमको अध्यक्षता गरेका समाजका अध्यक्ष टोप पल्लीले कार्यक्रम सफल पार्न योगदान गर्ने तथा सहयोग प्रदान गर्ने सबैप्रति समाजको तर्फबाट आभार प्रकट गरे ।

कार्यक्रममा ब्रिटिश सेनामा सेवाका क्रममा दुवै खुट्टा गुमाएका विनोद बुढाथोकीले प्रेरणादायी मन्तव्य दिएका थिए भने दुर्घटनामा एक हात गुमाएकी अमृता गिरी गजुरेल र गीता भट्टराईको समूहले आकर्षक देखाएको थियो । समाजका सल्लाहकार फडिन्द्र भट्टराईले गुल्मी जिल्लाको पहिचान झल्काउने कविता वाचन गरेका थिए ।

त्यसअवसरमा स्थानीय कलाकार सबु सेन्चुरीले गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको मुख्य आकर्षणका रुपमा कलाकारद्वय सुर्य खड्का र कल्पना श्रीपालले विशेष प्रस्तुति गरेका थिए । उनीहरुले विभिन्न एकल गीतहरुको साथमा प्रतक्ष्य दोहोरी र भजन प्रस्तुत गरी कार्यक्रमका सहभागीहरुलाई निकैबेर नचाएका थिए । त्यसअवसरमा गुल्मेली नौमती बाजाले पनि विशेष प्रस्तुति गरेको थियो ।

समाजका उपाध्यक्ष मति पुनले स्वागत मन्तव्य राखेका थिए भने महासचिव बीर बलाल र मञ्जु भन्डारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको शुभारम्भमा ज्योतिषी पन्डित निलहरि घिमिरे र आनन्द लोहनीले स्वस्तिवाचन गरेका थिए । कार्यक्रममा समाजका विभिन्न परोपकारी कार्यमा सहयोग पुर्‍याउने सल्लाहकार एवम् सदस्यहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा अतिथिका रुपमा एनसिआई ग्रुप यूके अध्यक्ष मोहन गुरुङ, आरजीएनएस अध्यक्ष जीत रानाभाट र पूर्व अध्यक्ष शर्मिला हिराचन, सिर्जनशील लेष्टर नेपालका अध्यक्ष नारायण फुंयाल, गल्कोट समाज यूकेका अध्यक्ष भोजराज कंडेल, पशुपतिनाथ मन्दिर लन्डनका पूर्व अध्यक्ष नरेन्द्र कंडेल, पत्रकार करुण अर्याल लगायत उपस्थित थिए ।

त्यस्तै, समाजका पूर्व अध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, सल्लाहकारहरु मोति भन्डारी, बालजंग अर्याल, केशव भन्डारी, दासुराम पाण्डे, विनोद ज्ञवाली, फत्त थापा, पशुपति भन्डारी, कोशलेश्वर ढकाल, क्या ताम ढेगा, खड्क रेश्मी, राजन खरेल, रोमनाथ पाण्डे तथा समाजको कार्यसमितिका उपाध्यक्ष रामप्रसाद सापकोटा, कोषाध्यक्ष वरुण भन्डारी, सहकोषाध्यक्ष तारा भट्टराई, सदस्यहरु मोहन घिमिरे, बाबुराम भन्डारी, राधा खरेल, माया केसी, कमला भन्डारी, रिता गौतम, थम्मन राना, भिम खनाल, मुकुन्द खरेलसहितको पनि कार्यक्रममा उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!