भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्सको उपाधि

SHARE:

एजेन्सी मंसिर २७ ।

भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् ।

यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७० औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पारिन् ।

उनले पढाइ सँगसँगै मोडलिङलाई अगाडि बढाउँदै लगेकी छिन् । उनी अहिले डिग्रीको पढाइ पूरा गर्ने तयारीमा छिन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले चलचित्रमा समेत काम गरेकी थिइन् । उनले अभिनय गरेको चलचित्र आउँदो वर्ष रिलिज हुने बीबीसी हिन्दीले जनाएको छ ।

यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पारेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!