इलमपोखरी समाज यूकेले मनायो ल्होछार

SHARE:

लन्डन । कोरोना भाइरसको जोखिमबीच ईलमपोखरी समाज यूकेले बेलायत सरकारले तोकेको मापदण्डलाई पालना गर्दै ल्होछार पर्व मनाएको छ ।

गत शनिबार डिसेम्बर १८ तारिख २०२१ को अपराह्न १२ बजेदेखि राति ११ बजेसम्म Samuel Cody College Farnborough को हलमा विविध कार्यक्रमहरुको साथमा ल्होछार मनाइएको हो । लमजुङ समाज यूकेका अध्यक्ष बिश्वजंग गुरुङ प्रमुख अतिथि र आमा समूहकी अध्यक्ष श्रीमती लक्ष्मी गुरुङ विशेष अतिथि रहेको कार्यक्रममा गैर आवासीय नेपाली संघ यूकेका प्रमुख संरक्षक शेर सुनार तथा श्रीमती जानुका सुनारको पनि उपस्थिति रहेको थियो भने लमजुङ समाजका निवर्तमान अध्यक्ष बोहत गुरुङ र श्रीमती लक्ष्मी गुरुङलाई पनि आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष परशु गुरुङबाट समाजका नयाँ सदस्यहरुलाई स्वागत, GCSE र graduation गरेका नानीहरूलाई प्रशंसा पत्र र खादाबाट बधाई दिएको थियो भने आर्मीमा पदोन्नति भएका जवानहरूलाई र विभिन्न संघ संस्थामा आवद्ध रही शीर्ष पदहरूमा चयन भएका महानुभावहरुलाई खादा क्रेगी लगाई अभिनन्दन गरिएको थियो ।

सल्लाहकार तुलाराम गुरुङको संयोजकत्वमा सबै नगद पुरस्कार राखिएको भाग्योदय चिट्टामा १६ जना भाग्यमानीहरूले विभिन्न नगद पुरस्कारहरु हात पारे । सल्लाहकार दलबहादुर गुरुङको संयोजकत्वमा तमू राष्ट्रिय गानाबाट प्रारम्भ गरिएको सांस्कृतिक कार्यक्रममा सुश्री लुईस गुरुङ र अनुप गुरुङको उद्घोषणमा गजबहादुर गुरुङ गुरुबा रहेको सोरठी नाचको प्रस्तुतिले नेपालको गाउॅंतिर नै छौं क्यारे भन्ने पारेको थियो भने हस्त गजबहादुर, लुईस अल्बर्ट, अनुपको मिठा गीतहरु र सबिता, अश्मिता, काशी, मन्जु, सुष्मिताका सुन्दर नृत्यहरुको प्रस्तुतिले Samuel Cody hall थर्किएको सहभागीले बताएका छन् ।

अन्तमा हस्त गुरुङको जोसिलो गीतले सबैजना मज्जाले नाच्दै भरपूर मनोरंजन गरे । समयको नेटोसँगै २३०० बजे हल हस्तान्तरण गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!